झापा, असोज १८ ।

झापाको बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगल सिंह मुर्मुको खोलामा डुबेर मृत्यु भएको छ।

आज बिहान करिब १०:३० बजे मुर्मु घाघरा खोलामा तर्ने क्रममा खुट्टा चिप्ली डुबेका थिए।

स्थानीयले देखेर उनलाई तत्काल उद्धार गरी घरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको प्रहरीले जनाएको छ।

 जनहितमा जारी

घटनास्थल र शव सुरक्षित राखी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक रुपेश राईको कमाण्डमा घटनास्थलमा SOCO टोली खटिएको थियो।

मृतकको शव प्रादेशिक मेचि अस्पतालमा पोष्टमार्टम गरिएको र त्यसपछि मृतककै छोरा श्याम मुर्मुले शव बुझी लगेको प्रहरीले जानकारी दिएको छ।