काठमाडौँ, २० असोज । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित थापाकटेरीबाट आमाको हत्यामा संलग्न आरोपमा छोरा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३० वर्षीय यम बहादुर कँडेल छन् । गएराति यम बहादुरले ५५ वर्षीया आमा राम माया कँडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

राति ९ बजेतिर हत्या भएको सूचना आएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरीले आरोपीको साथबाट हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ ।