झापा, असोज ३० । भरत  प्रसाई ,

झापाको शिवसताक्षी नगरपालिका–१० माईधारस्थित श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा निर्माणाधीन श्रीलक्ष्मीनारायण दिव्यदेश निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

IMG_7721

आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म प्रतिष्ठा (महासम्प्रोक्षण) समारोह आयोजना गरिने भएको हो।

बिहीबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत मन्दिर निर्माण समितिका सचिव हरिनारायण  बाँस्कोटालेआगामी वैशाख  ११  मा हुने बृहत् प्रतिष्ठा समारोहका तयारीबारे जानकारी दिनुभयो।

IMG_7724

वि.सं. २०२८ मा स्थापना भई २०५१ वैशाखमा जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको यो आश्रम नेपालका ऐतिहासिक प्रथम जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य स्वामीजी महाराजको मुख्य मठका रूपमा रहेको धार्मिक संस्था हो।

आश्रमले देश–विदेशमा रहेका उनका शिष्य र भक्तजनमार्फत धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।

IMG_7749

मन्दिर जीर्ण बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै यसको गरिमालाई कायम राख्ने उद्देश्यले गत २०७८ वैशाख १६ गते नयाँ दिव्यदेश निर्माणको शिलान्यास गरिएको थियो।

हालसम्म करिब ९ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भइसकेको र बाँकी कार्यका लागि थप २ करोड रुपैयाँ आवश्यक रहेको वरिष्ठ उपाध्यक्ष हरि तिम्सिनाले बताउनुभयो।

दिव्यदेश निर्माणमा हालसम्मको सम्पूर्ण लागत भक्तजन र दाताबाट प्राप्त भएको छ भने भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकार र सहरी विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

नयाँ मन्दिरमा एक दर्जनभन्दा बढी पत्थर मूर्ति र दुई दर्जनभन्दा बढी धातु मूर्ति स्थापना गरिने तयारी गरिएको छ।

उक्त प्रतिष्ठा समारोहमा दक्षिण भारतको काञ्चीपुरम् स्थित श्रीकाञ्चीप्रतिवादी भयकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराज प्रमुख अतिथि रहनुहुनेछ।

नेपाल, भारत, भूटान, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायतका मुलुकबाट सयौं धर्माचार्य, सन्त, विद्वान् र हजारौं भक्तजनको सहभागिता रहने आयोजक समितिले जनाएको छ।

IMG_7683

समारोह सम्पन्न गर्न अनुमानित ३ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

समितिले तीन तहका सरकार, उद्योगी–व्यवसायी, समाजसेवी र देश–विदेशमा रहेका भक्तजनलाई सहयोगका लागि आग्रह गरेको छ । 

पत्रकार सम्मेलनमा अध्यक्ष स्वामी गोविन्दप्रसाद दाहाल, स्वामी केशव आचार्य महन्त, स्वामी भागवत आचार्य उत्तराधिकारी लगायत समितिका पदाधिकारीको उपस्थिति रहेको थियो।

दिव्यदेश निर्माणमा हालसम्मको सम्पूर्ण लागत भक्तजन र दाताबाट प्राप्त भएको छ भने भान्साघर निर्माणका लागि कोशी प्रदेश सरकार र सहरी विकास मन्त्रालयबाट २५ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ।

नयाँ मन्दिरमा एक दर्जनभन्दा बढी पत्थर मूर्ति र दुई दर्जनभन्दा बढी धातु मूर्ति स्थापना गरिने तयारी गरिएको छ।