बिर्तामोड । भरत प्रसाई,

बिर्तामोड न्युरो क्लिनिक (बीएनसी) र पूर्वाञ्चल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा स्तन क्यान्सर सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल क्यान्सर अस्पतालको सभाहलमा सम्पन्न सो कार्यक्रममा स्तन क्यान्सरका कारण, लक्षण तथा यसको रोकथामका उपायबारे विस्तृत जानकारी दिइएको थियो।


कार्यक्रममा पूर्वाञ्चल क्यान्सर अस्पतालका शल्य क्यान्सर विभाग प्रमुख डा. मुक्ति देवकोटाले स्तन क्यान्सरका जोखिम कारकहरू, रोकथामका उपाय र प्रारम्भिक परीक्षणको महत्वबारे प्रकाश पार्नुभयो।

 जनहितमा जारी

उहाँका अनुसार हरेक वर्ष विश्वभर करिब १० लाखभन्दा बढी महिलामा नयाँ स्तन क्यान्सरका बिरामी देखापर्ने गरेको छ। विशेषगरी ४० वर्षभन्दा माथिका महिलामा यो समस्या बढी देखिने गरेको उहाँले बताउनुभयो।


डा. देवकोटाले पारिवारिक वंशाणुगत जिनमा परिवर्तन, छिटो वा ढिलो महिनावारी सुरु हुने, स्तनको बाक्लोपन, छातीमा विकिरण थेरापीको प्रभाव लगायत कारणले पनि स्तन क्यान्सर हुने सम्भावना बढी रहने बताउनुभयो।

उहाँले हरेक स्तन गाठा क्यान्सर नहुने भन्दै करिब २० प्रतिशत गाठामात्र क्यान्सर हुने गरेको जानकारी दिनुभयो।

स्तनमा गाठा वा असामान्य परिवर्तन देखिएमा तत्काल परीक्षण गर्नुपर्ने बताउँदै उहाँले शुभ परीक्षण, भिडियो एक्स–रे, मेमोग्राम र बायोप्सी जस्ता विधिबाट समयमै रोग पत्ता लगाउन सकिने उल्लेख गर्नुभयो।


IMG_7782

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिस गिरीले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो। उहाँले पछिल्ला वर्षहरूमा स्तन क्यान्सर तीव्र रूपमा बढ्दै गएको र त्यसबारे जनस्तरमा सचेतना फैलाउन यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।

गत वर्ष मात्र पूर्वाञ्चल क्यान्सर अस्पतालमा ११ सय १९ जना नयाँ क्यान्सर बिरामीको डायलासिस गरिएको थियो, र हाल मासिक रूपमा ९३ जना नयाँ बिरामीहरू उपचाररत  रहेकाे उहाँले बताउनुभयाे । 

IMG_7799

उहाँले अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु गर्न अन्तिम तयारी भइरहेको जानकारी पनि दिनुभयो। साथै इनर व्हिल क्लब अफ बिर्तामोड मिड टाउनसँग सहकार्य गर्दै क्यान्सरविरुद्ध निरन्तर अभियान चलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमकी अध्यक्ष तथा पूर्वाञ्चल क्यान्सर अस्पतालकी संस्थापक अञ्जली कार्की प्रसाईले स्तन क्यान्सरप्रति समाजमा रहेको “क्यान्सर लागेपछि बाँचिँदैन” भन्ने भ्रम तोड्न सबैको साझा प्रयास आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डकी प्रतिनिधि लक्ष्मी कँडेल, इनर व्हिल क्लब अफ बिर्तामोड मिड टाउनकी अध्यक्ष लुना शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो।

502600536_1146215420880303_6292498354944436872_n

त्यस अवसरमा गाइनो सर्जन डा. ज्योति भाजु लामाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि ‘ह्युमन प्यापिलोमा भाइरस’ (HPV) विरुद्धको भ्याक्सिन ९ देखि १३ वर्षका बालिकाहरूलाई लगाउन आवश्यक रहेको बताउनुभयो।

उहाँले यो भ्याक्सिन तीनपटक लगाउँदा पानीजहाज भाइरसले आक्रमण गर्न नसक्ने र महिलाहरू क्यान्सरबाट सुरक्षित रहन सक्ने जानकारी दिनुभयो।

IMG_7780

कार्यक्रमको सञ्चालन अस्पतालका बिजनेस अधिकृत सञ्जय थापाले गर्नुभएको थियो।

मिलिजुली स्वास्थ्य आमा समूह, बुद्धनगर आमा समूह, सुगम शान्ति महिला विकास संस्था, महिला उद्यमी संघ लगायत विभिन्न संघसंस्थाबाट ७० भन्दा बढी महिलाको उत्साहजनक सहभागिता रहेको थियो।

डा. देवकोटाले स्तन स्वास्थ्य, प्रारम्भिक पहिचान र क्यान्सरको रोकथाम सम्बन्धी अत्यन्त उपयोगी जानकारी प्रस्तुत गर्नुभएको यस कार्यक्रमले सहभागी महिलाहरूलाई स्तन क्यान्सरबारे सचेत र सजग बनाउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालले “मुस्कुराउँछ नयाँ जीवन” भन्ने नाराका साथ क्यान्सर बिरामीहरूको उपचार र पुनःस्थापनामा निरन्तर सेवा गर्दै आएको छ।