५ कात्तिक, काठमाडौं ।
नेपाल संवत् ११४६ को अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूलाई राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा एकजुट हुन आग्रह गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै ओलीले सांस्कृतिक विविधता र मौलिकताको संरक्षणमार्फत राष्ट्रियता मजबुत बनाउनुपर्ने बताएका छन्।

उनका अनुसार, नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले त्यस विविधतालाई विभाजनको कारण होइन, एकताको शक्तिको रूपमा लिनु जरुरी छ।

‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाऔं,’ ओलीले भनेका छन्, ‘राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गर्न सबै नेपाली एकढिक्का भएर अघि बढ्न आवश्यक छ।’

 जनहितमा जारी

उनले विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा रूपान्तरण गर्न र आपसी सद्भाव फैलाएर देशलाई स्थिरता र प्रगतितर्फ डोर्याउन सबैलाई आह्वान गरेका छन्।