बिर्तामोड। भरत प्रसाई ,
श्री छठ समाज सेवा समिती बिर्तामोडले झापाको कनकाई नगरपालिका–८ लक्ष्मीपुरस्थित विरिङ खोलामा यस वर्ष पनि भव्य रूपमा छठ पूजा समारोह तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।
विगत ११ वर्षदेखि निरन्तर रूपमा विरिङ खोलामा छठ पूजा गर्दै आएको समितीले यस वर्ष कात्तिक १० गते पूजा समारोहका साथै बृहत् सांस्कृतिक कार्यक्रम गर्ने भएको हो।
समितीकी अध्यक्ष संगीता रौनियारका अनुसार कार्यक्रम सफल बनाउन विभिन्न उप–समितिहरू गठन गरिएको छ।

समारोहको कार्यक्रम संयोजकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष राजकुमार साहले सम्हालेका छन्।
उनका अनुसार यस वर्ष छठ पूजाका लागि १ सय ७५ पण्डाल घाटनिर्माण गरिएको छ।
प्रत्येक पण्डालमा दुईवटा डाला राखिने भएकाले एक हजारभन्दा बढी भक्तजनको सहभागिता हुने अनुमान गरिएको छ।
यसैगरी, प्रचार–प्रसार समितिको संयोजकमा शत्रुधनप्रसाद गुप्ता रौनियार र सदस्यमा बिक्की चौधरी तथा दीपक साफी रहेका छन्।
घाट तथा बिजुली र कुपन व्यवस्थापन समितिको संयोजकमा सन्तोष साह र सदस्यहरूमा सञ्जय चौधरी र मनोज भगत छन्।
अर्थ समितिको संयोजकमा अनन्तलाल महतो र सदस्यमा बरुण जयसवाल, रामेश्वर द्विवेदी, शंकर भगत, जनार्दन साह र नरेश साह रहेका छन्।
सामाजिक समन्वय, शान्ति सुरक्षा समितिको संयोजकमा प्रेमचन्द्र चौधरी र सदस्यमा घनश्याम चौधरी, राजकुमार गुप्ता, देवेन्द्रकुमार सिंह र रामेश्वर द्विवेदी छन्।
प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा सत्यनारायण चौधरी र सदस्यहरूमा शत्रुधन चौधरी तथा देवेन्द्रकुमार सिंह छन्।
छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको समितीकी अध्यक्ष रौनियारले बताइन्। उनका अनुसार पण्डाल, मञ्च निर्माण, विद्युत् जडान लगायतका काम तीव्र गतिमा भइरहेका छन्।
छठ युवा फ्रन्टका अध्यक्ष अमरजीत शाहले कार्यक्रम सफल बनाउन स्वयम्सेवक परिचालन गरिने बताए भने छठ महिला मञ्चकी महासचिव रेनुका महतोले स्वागत तथा सम्मान कार्यक्रममा महिला मञ्चको सक्रिय सहभागिता रहने जनाइन्।
कार्यक्रम सम्पन्न गर्न करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अर्थ समितिका संयोजक अनन्तलाल महतोले जानकारी दिए।
आयोजित पत्रकार सम्मोलनमा समितीकी अध्यक्ष संगीता रौनियार, वरिष्ठ उपाध्यक्ष राजकुमार साह, पूर्व अध्यक्ष घनश्याम चौधरी, राजकुमार गुप्ता, देवेन्द्रकुमार सिंहलगायतले सहयोगका लागि सम्पूर्ण भक्तजन, समाजसेवी र स्थानीय निकायलाई आग्रह गरेका थिए।
आयोजित पत्रकार सम्मोलनकाे सहजीकरण महासचिव अशोककुमार चौधरीले गरेका थिए ।














