बिर्तामोड ।  भरत प्रसाई ,

बिर्तामोडको मध्यभाग भएर बग्ने अधुवा खोलामा यस वर्ष पनि भव्य रूपमा छठ पर्व मनाइने भएको छ । बिर्तामोड नगरपालिका–३ अन्तर्गत बिर्ताबजार पश्चिमतर्फ बग्ने अधुवा खोलामा विगत ६० वर्षभन्दा अघिदेखि नै निरन्तर रूपमा छठ पूजा हुँदै आएको हो ।

  नेपाल मधेसी समाज छठ सेवा समितिको आयोजनामा छठ पूजाको तयारी धमाधम भइरहेको  । 

   नेपाल मधेसी समाज छठ सेवा समितिका  अध्यक्ष रामेश्वर मण्डलले बिर्तामोड ३ स्थित बिर्ताबजारस्थित अन्धुवा खोलालाई सरसफाई गरी व्यवस्थित घाट निर्माण गरिएको बताउनु भयाे । 

 बिगतका बर्षहरूभन्दा यस बर्ष छठ ब्रतलिने भक्तजनहरु बढेकाले नेपाल मधेसी समाज  छठ सेवा समितिले  यस वर्ष  अन्धुवा खोलाको दुवैपट्टी एक सय ७०  वटा पण्डाल निर्माण गरेको उहाँले  बताउनु भयाे । 

एउटा पण्डालमा दुईवटा डाला राखिने उहाँकाे भनाइ छ । छठ पूजा सबैको साझा भएकाले अशक्त, असहायहरूलाई नि:शुल्क पूजा गर्ने व्यवस्था मिलाइएको  उहाँले बताउनु भयाे । 

Capture 7

 नेपाल मधेसी समाज छठ सेवा समितिले   बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजाका लागी अन्धुवा खोलाको दुवैपट्टी आकर्षक बत्ती सजावट गरेर बेहुली झैं सिंगारिएको बताउनु भयाे । 

 अहिले त्यहाॅ आन्तरिक पर्यटक समेत बढेको र त्यहाॅ फोटो खिचाउन र टिकटक बनाउन आउनेको भीड बढेको उहाँको भनाई छ। 

 यस बर्ष नेपाल मधेसी समाज छठ सेवा समितिले बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजासंगै गंगा आरती समेत गरिने उहाँले बताउनु भयाे । 

नेपाल मधेसी समाज छठ सेवा समितिका सदस्यहरू विवेक साह, अमर पटेल, गन्नु सहनीलगायतले पनि बिर्तामोड -३ बिर्ताबजारस्थित अन्धुवा खोलामा हुने छठ पूजामा सहभागी हुन सबैलाई आग्रह समेत गरेका छन्।