बिर्तामोड । भरत भाबुक प्रसाई , 

कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँएको छ । झापा लगायत नेपालका विभिन्न जिल्लाहरुमा रहेका नदी वा पोखरीमा छठीमाताको पुजा गर्दै सुर्यको उपासना गर्दै सूर्यलाई अर्घ्य चढाईएको हो ।

IMG_8539 

झापाका मुख्य नदीहरुमा बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । उता घैलाडुव्वा छठ पूजा समिति कनकाई नगरपालिका ९ले यस बष पनि  बिरिङ नदीमा भव्य रूपमा छठ पूजा मनाएकको छ ।

IMG_8512

घैलाडुव्वाबाट चम्पापूर जानेबाटो छेउको बिरिङ नदीमा कार्तिक १० गते सोमबार आज साँझदेखि ११ गते विहानसम्म भव्य रूपमा छठ पूजाका आयोजना गरिएको घैलाडुव्वा छठ पूजा समिति कनकाई ९ का अध्यक्ष उमेश कर्णले बताउनुभयो ।

88888888888 उहाँले सांस्कृतिक एकताको प्रतिक रुपमा छठ पूजा बिकास हुदै गएको बताउनुभयो । उहाँले छठ पूजासंगै सांस्कृतिक कार्यक्रम भजन(कीर्तन  सहित विविध मनोरञ्जन कार्यक्रमका विच उपस्थित भक्तजनहरुको सहभागिता उत्साहजनक रहेको बताउनुभयो । उहाँले  राष्ट्रिय कलाकार रोशन अधिकारीबाट भजन प्रस्तुत तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो । 

IMG_8552

घैलाडुव्वा छठ पूजा समिति कनकाई नपा ९ ले  विगतका बर्ष भन्दा यस बर्ष भव्य रूपमा छठ पर्व सम्पन्न गर्न सफल भएको घैलाडुव्वा छठ पूजा समितिका सचिव बरूण साहको  भनाइ  छ । 

सांस्कृति कार्यक्रममा  बिभिन्न जातजातीको झाँकी  सहित विभिन्न  पहिचान झल्कने नृत्यहरु  प्रस्तुत गरिएको थियो । 

  घैलाडुव्वा छठ पूजा समितिको तर्फबाट  छठ पूजामा आउने भक्तजनलाई प्रसादको ब्यबस्था गरिएको  सचवि साहले बताउनुभयो । 

बिरीङ  नदीको किनारमा हुने छठका लागि यस वर्ष ३६ वटा घाट निर्माण गरिएको  थियो । आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँएको  छ ।

IMG_8543स्थितलाई सहज बनाउन सुरक्षा कर्मीहरुको परिचालन गरिएको थियो । सन्ध्या पूजनाको कनकाई वडा नम्वर ९ का  वडाध्यक्ष राजेन्द्र प्रसाद उप्रेतीले दिव प्रज्वल गरि उदघाट्न गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन घैलाडुव्वा छठ पूजा समितिका सल्लाहकार कृष्णवावु शर्माले गर्नुभएको थियो । 


त्यस्तै शिवगञ्ज छठ पूजा समिति शिवसताक्षी नपा ६ ले यस बर्ष महाआरतीसहित भव्य रूपमा छठ पर्व मनाएको छ ।  शिवसताक्षी नपा ६ कनकाई नदीको छठ घाट पुरानो बजारमा आज  साँझदेखि ११ गते विहानसम्म भव्य रूपमा छठ पर्व मनाउन लागिएको शिवगञ्ज छठ पूजा समितिका सचिव लक्ष्मीकान्त कर्णले बताउनुभयो  ।


उहाँले यस बर्ष छठ पूजासंगै महाआरतीसमेत सम्पन्न गरिएको बताउनुभयो ।  विशेष कार्यक्रमका विच  श्रीजी आरती सेवा निधीले महाआरती प्रस्तुत गर्नुभएको थियो । 

आज साँझ साढे पाँच बजेदेखी महाआरती र साँझ साढे सात बजेदेखि सांस्कृतिक कार्यक्रम को आयोजना गरिएको थियो । 

शिवगञ्ज छठ पूजा समिति शिवसताक्षी नपा ६ ले  विगतका बर्ष भन्दा यस बर्ष महाआरतीसहित भव्य रूपमा छठ पर्व मनाएको  शिवगञ्ज छठ पूजा समितिका अध्यक्ष  बिरेन्द्रप्रसाद यादवले बताउनुभयो । 


नेपाल मधेसी समाज छठ सेवा समितिको आयोजनामा  बिर्तामोड (३ बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजा सम्पन्न भएको छ ।  यस वर्ष अन्धुवा खोलाको दुवैपट्टी एक सय ७५  वटा पण्डाल निर्माण गरेको  गरिएको थियो ।

आजै साझ  गंग आरतीको आयोजना गरिएको थियो । कम्ति १० हजार बढी भक्तजनहरुको  सहभागिता रहेको नेपाल मधेसी समाज छठ सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताउनुभयो ।

औपचारिक कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधीहरुको उपस्थिती  रहेको थियो ।औपचारिक कार्यक्रमको सहजीकरण पत्रकार लिला अनमोलले गर्नुभएको थियो । 

 त्यस्तै पाथिभरा छठ पूजा समिति बिर्तामोडले यस वर्ष  अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा छठ पूजा को आयोजना गरेको छ । 

बिगतदेखि बिर्तामोड –१ स्थित  पाथीभरा मन्दिर छेउको अन्धुवा खोलामा हुँदै गरेको छठ यस बर्ष महानन्द चौक उत्तर पुल्चोक पूर्व अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा   छठ पूजा गरिएको पाथिभरा छठ पूजा समितिका अध्यक्ष बिनोद साहले बताउनुभयो ।

  पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक  छठ मनाइने उहाँले बताउनु भयो । 

अर्जुनधारा ६ स्थित अन्धुवा खोलामा ६९ वटा घाट निर्माण गरिने र त्यहाँ  एक सय २०  परिवारले विधीपूर्वक छठ पूजा गरेको  बताउनुभयो ।

२०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

२०४६ सालदेखि सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।