झापा ।
झापा जिल्लाको शिवसताक्षि नगरपालिका–१० माईधार चौक नजिक आज बिहान भएको बस दुर्घटनामा १९ जना घाइते भएका छन्।
मिति २०८२ साल कात्तिक ११ गते बिहान करिब ४:०० बजे, रामेछापको मन्थलिबाट काँकडभिट्टा तर्फ जाँदै गरेको यात्रुबहाक बस (प्र.१–०१–००१ क ४२०९) अनियन्त्रित भई पूर्व–पश्चिम राजमार्गको सडकबाट करिब १० मिटर तल बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको हो।
बसमा सवार २५ जना मध्ये १९ जना यात्रु घाइते भएका छन् भने ६ जना सकुशल रहेका र आफ्ना गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ।
घाइते सबैलाई उपचारका लागि बिर्ता सिटी अस्पताल बिर्तामोड पठाइएको छ।
दुर्घटनामा बस चालक झापा मेचिनगर–६ का ३९ वर्षीय राजु भुजेल सहितका यात्रु घाइते भएका हुन्। घाइतेमध्ये अधिकांशको अवस्था मध्यम रहेको जनाइएको छ।
घाइते हुनेमा रामेछाप मन्थलिका ६५ वर्षीय अम्बरबहादुर बुढाथोकी, झापा गापा–३ की १७ वर्षीया इक्षा लिम्बु, मन्थलिका ३५ वर्षीय भिमप्रसाद पुरी, कचनकवल–४ का २० वर्षीय रबिलाल गनेस, ठाडादेवी–३ की ६५ वर्षीया मिटु खत्री, कचनकवल–४ की २१ वर्षीया परिना गनेस, बिर्तामोड–१० की ३६ वर्षीया सिमित्रा खड्का कार्की र उनका ९ वर्षीय छोरा एलोन कार्की लगायत रहेका छन्।
त्यसैगरी दोलखा, रामेछाप, झापा लगायतका अन्य स्थानका यात्रुहरू पनि घाइते भएका छन्। उनीहरू सबैको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी चौकी माईधारबाट प्रहरी टोली खटिएको थियो। बस भने घटनास्थलमै रहेको र सडक अवरोध नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारण प्रारम्भिक रूपमा चालकको लापरवाही र रातिको कम दृश्यता हुनसक्ने अनुमान गरिएको छ।














