दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

 जनहितमा जारी

अन्य २० जना उपचारपछि घर फर्केका छन्।