झापा, कात्तिक १५। ओमनारायण राजवंशी, झापाको झापा गाउँपालिका–५ पन्थापाडास्थित हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनी भेटिएको शवको पहिचान भएको छ।

शव शिवसताक्षी नगरपालिका–१० माईधारका ३२ वर्षीय सरोज शर्माको भएको परिवारका सदस्यहरूले पुष्टि गरेका छन्। वडा सदस्य दीपक पोखरेलका अनुसार शर्मा आइतबारदेखि कारसहित बेपत्ता भएका थिए।

सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

 जनहितमा जारी

पक्राउ पर्नेमा शिव शताक्षी नगरपालिका १० माईधार निवासी २५ वर्षीय सुनिल शाह र २६ वर्षीय राहुल शाह रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


IMG20251101090102शिवसताक्षी १० माईधारका सरोज शर्माको हत्यामा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

सरोज शर्माको सब झापा गाउँपालिका र बारादशी गाउँपालिका बीच भएर बग्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा आज बिहान फेला परेको छ । केही दिन अघिदेखि बेपत्ता बनेका उनको कार चाराली जङ्गलमा जलेको अवस्थामा फेला परेको थियो।

शर्मा बेपत्ता बनेदेखि नै खोजीकार्य तीव्र बनाएको प्रहरीले उनको कार जल्दै गरेको अवस्थामा फेला पारेको थियो भने शर्माको सब खोला किनारमा गाडिएको र दुर्गन्ध फैलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।