विर्तामोड, कात्तिक २४ (नोभेम्बर ९) – हरेक वर्ष नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस (World Freedom Day) मनाइँदै आएको छ।
यो दिवसको सुरुआत अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले सन् २००१ मा घोषणा गर्दै गरेका थिए।
सो अवसरमा उनले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाल ९द्यभचष्लि ध्बिि० ढलेको र त्यससँगै मध्य तथा पूर्वी युरोपमा कम्युनिस्ट शासनको अन्त्य भएको ऐतिहासिक क्षणको स्मरणमा यो दिवस मनाइने घोषणा गरेका थिए।
आजको दिनलाई अमेरिकामा पूँजीवाद र स्वतन्त्रताको प्रतीकका रूपमा लिइन्छ। विशेषगरी युवा विद्यार्थीहरू र रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमहरू आयोजना गरी स्वतन्त्रताको सम्मान र लोकतान्त्रिक मूल्यहरूको संरक्षणका लागि प्रतिवद्धता जनाउने गर्दछन्।














