झापा, २४ कात्तिक ।

हर दुःखीको आवाज बनेर सामाजिक सेवामा सक्रिय ‘सहयोगी मनहरू नेपाल’ ले आफ्नो चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न गरेको छ।

२०७८ सालमा स्थापना भएको यो संस्थाले स्थापना कालदेखि नै गरिब, विपन्न तथा समस्यामा परेका नागरिकहरूको सहयोग र सेवामा निरन्तर योगदान दिंदै आएको छ।

दमकस्थित संस्कार भवनमा कार्तिक २२ गते शनिबारदेखि २४ गते सोमबारसम्म सम्पन्न अधिवेशनमा नयाँ कार्यसमिति चयन गरिएको हो।


ee30781b-87c1-44b4-8d66-00e2109f84c9

अधिवेशनले भीमप्रसाद आचार्यको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको सचिव विष्णु कुमार उप्रेतीले जानकारी दिनुभयो।

नवगठित कार्यसमितिमा उपाध्यक्ष प्रकृति खड्का (बिर्तामोड), सचिव विष्णु कुमार उप्रेती (बुद्धशान्ति), सहसचिव पुष्पराज भट्टराई (बुद्धशान्ति), कोषाध्यक्ष सीता तिम्सिना (दमक) रहेका छन्।

सदस्यहरूमा हरिमाया खड्का (दमक), कुलनारायण धिमाल (दमक), भीमा पराजुली (धुलाबारी), मदन आचार्य (कमल गाउँपालिका), रमिता दाहाल (दमक) र चन्द्र पोखरेल (हल्दीबारी गाउँपालिका) चयन भएका छन्।

त्यस्तै, लेखा समितिमा अनिता श्रेष्ठ (दमक) संयोजकका रूपमा चयन हुनुभएको छ भने सदस्यहरूमा मिरा देवी संग्रौला (दमक) र राजेन्द्र सिवाकोटी (बिर्तामोड) रहनु भएको छ।

अध्यक्ष आचार्यले पुनः निर्वाचित भएपछि आफ्नो मन्तव्यमा संस्थालाई “सबैको साझा र भरोसाको प्रतीकका रूपमा विकास गर्ने लक्ष्य”रहेकाे बताउनुभयाे । 

ecdeb097-9f5c-49cd-8e4a-b4db5085e16a

उहाँले देश–विदेशबाट सहयोग पु¥याउँदै आएका सहयोगी मनहरूलाई धन्यवाद ज्ञापन गर्दै साधारण सभा सफल बनाउन योगदान गर्ने सबैलाई हार्दिक आभार प्रकट गर्नुभयो।


कार्यक्रमको सञ्चालन सचिव विष्णु कुमार उप्रेतीले गर्नुभएको थियो भने, अध्यक्ष भीमप्रसाद आचार्यले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा वार्षिक आय–व्यय समेत सार्वजनिक गरिएको थियो।