बिर्तामोड। भरत प्रसाई, स्टुडेन्ट अफ द ईयरको पहिलो अडिशन झापाको बिर्तामोडमा हुने भएको छ। नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट रहेको स्टुडेन्ट अफ द ईयरका क्रिएटिभ हेड ईमरान अलीले बताउनु भयो ।
स्टुडेन्ट अफ द ईयरमा भाग लिन बिद्यार्थीहरुले रजीष्ट्रेसन शुल्क नौ सय उनान्सय रूपैयाँ वुझाउनु पर्ने र त्यसपछि फाइनलसम्म कुनै पनि शुल्क नलाग्ने क्रिएटिभ हेड अलीको भनाई छ ।
उहाँले देशभरीका १३ बर्षदेखि २१ बर्षका बिद्यार्थीहरुको सहभागिता रहने बताउँदै झापाको बिर्तामोडसहित ११ वटा शहरमा अडिशन हुने बताउनुभयो ।
मंसीर ५ गते ट्रफी टुर गर्दै स्पान्सरको बारेमा जानकारी दिइने शोका प्रोपाइटर दिव्य सापकोटाले बताउनुभयो । झापाको बिर्तामोडमा आगामी मंसीर ६ गते अडिसन हुने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
स्टुडेन्ट अफ द ईयरका बिजेताले नगद ५ लाख, छात्रवृत्तिसहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
स्टुडेन्ट अफ द ईयरकी कार्यक्रम सञ्चालिका इभा गिरीले बिद्यार्थीहरु भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्टुडेन्ट अफ द ईयरको आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा स्टुडेन्ट अफ द ईयरका निर्णायक युवा बैज्ञानिक आरिफ अलीले स्टुडेन्ट अफ द ईयरबाट बिद्यार्थीहरुले आफूलाई निखार्ने मौका पाउने बताउनुभयो । उहाँले स्टुडेन्ट अफ द ईयरबाट बिद्यार्थीहरुले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने बताउनुभयो ।

स्टुडेन्ट अफ द ईयरका प्रोडुसर दिव्य सापकोटाले बिद्यार्थीहरुले आफ्नो प्रतिभा देखाउने प्लेटफर्म भएकाले सहभागिताका लागि सम्पूर्ण विद्यार्थीहरुलाई सहभागिताका निम्ति अनुरोध गर्नुभएको छ ।
स्टुडेन्ट अफ द ईयरका कार्यक्रम संयोजक अस्विन तिम्सिनाले स्टुडेन्ट अफ द ईयरमा बिद्यार्थीहरुले आफूमा भएका सबै प्रतिभा प्रस्फुटन गर्ने भएकाले यस कार्यक्रममा भाग लिन सबैलाई आग्रह गर्नुभयो । यो शो हिमालय टेलिभिजनबाट प्रशारण हुनेछ ।
मुलुक भरिबाट २ सय जना प्रतिभालाई १३ शहरबाट छनोट गरिने, स्टुडेन्ट अफ द ईयरका निर्णायक युवा बैज्ञानिक आरिफ अलीले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका गर्नुभएको थियो ।














