इलाम । उदयमान भलिबल खेलाडी अन्जना राईको क्यान्सरकाे कारण निधन भएको छ । उपचारका क्रममा आज पूर्वाञ्चल क्यान्सर अस्पतालमा उनले अन्तिम सास फेरेकी हुन् ।

इलाम नगरपालिका–९, माईकी १९ वर्षीया राई महेन्द्र रत्न बहुमुखी क्याम्पस, इलाममा अध्ययनरत थिइन् । उनले विद्यालयदेखि नै भलिबल खेलप्रति असाधारण रुचि राख्दै स्थानीय तथा जिल्ला स्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी थिइन् ।

उनको असामयिक निधनले इलामको खेलकुद क्षेत्र शोकाकुल बनेको छ । स्थानीय खेल प्रशिक्षक र साथीसंगीहरूले अन्जनालाई मेहेनती, आत्मविश्वासी र प्रेरणादायी खेलाडीका रूपमा स्मरण गरेका छन् ।

स्व. अन्जना राईप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।