झापाको बुद्धशान्तिमा ८४ वर्षीय डिल्लीराम अधिकारीले आफ्नै शरीरमा आगो लगाएका छन्।
राति करिब ११:३० बजे पेट्रोल खन्याई आगो लगाएका उनलाई छोरा भोगेन्द्रले अचेत अवस्थामा फेला पारे।
परिवारजनका अनुसार उनी डिप्रेसनको उपचार गराइरहेका थिए र केही महिना अघि प्रोस्टेट शल्यक्रिया गरेका थिए।














