बिर्तामोड । भरत प्रसाई, निजी तथा आवश्यक विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन) झापाको आयोजनामा विद्यार्थीहरूको क्षमता विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘प्याप्सन स्पोर्ट्स मिट २०८२’ आज कार्तिक ३० गते औपचारिक रूपमा सम्पन्न भएको छ।

गत कार्तिक २८ गतेदेखि सुरु भएको स्पोर्ट्स मिट बिर्तामोड नगर कमिटीले जिल्ला प्याप्सनको निर्देशनअनुसार सञ्चालन गरेको हो।

IMG_9072

बिर्तामोड नगर प्याप्सनका अध्यक्ष सुरेन्द्र खरेलका अनुसार जिल्ला प्याप्सनले तोकेको वार्षिक क्यालेन्डरअनुसार प्रत्येक वर्ष तीन कार्यक्रम—शैक्षिक, खेलकुद तथा सांस्कृतिक—सञ्चालन गरिँदै आएकोमा यस वर्षको दोस्रो कार्यक्रमका रूपमा स्पोर्ट्स मिट सम्पन्न गरिएको हो।

IMG_8953बिर्तामोड नगर क्षेत्रभित्रका ४३ संस्थागत विद्यालयमध्ये ३० विद्यालयले सहभागिता जनाएकाे उहाँले बताउनुभयाे ।

पाँचवटा मुख्य खेल प्रतियोगितामा करिब १५०० विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए।

खरेलका अनुसार कक्षा ९ र १० तथा कक्षा ११ र १२ स्तरीय छात्र–छात्रा भलिबल,फुटबल, कराते, क्रिकेट र सटपुट गरी पाँच इभेन्ट सञ्चालन गरिएका थिए।

7 1विद्यार्थीहरूको आन्तरिक प्रतिभा प्रस्फुटन गर्न खेलकुद अत्यन्त महत्वपूर्ण माध्यम भएको उहाँले  बताउनु भयाे ।

समापन तथा पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता नगर प्याप्सन अध्यक्ष सुरेन्द्र खरेलले गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख तिलचनभण्डारी हुनुहुन्थ्यो।

 कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख तिलचन भण्डारीले विद्यार्थीको समग्र विकासका लागि कक्षाभित्रको सिकाइ मात्र पर्याप्त नहुने र अतिरिक्त क्रियाकलाप समान रूपमा आवश्यक हुने उल्लेख गर्नुभयो।

उहाँले विद्यार्थीहरूको चौतर्फी विकासका लागि पठन–पाठनसँगै अतिरिक्त क्रियाकलाप अत्यावश्यक भएको उल्लेख गर्दै प्याप्सनले १५सय  भन्दा बढी विद्यार्थीलाई प्रतिभा प्रदर्शनको अवसर प्रदान गरेकोमा प्रसंशा गर्नुभयो।

IMG_9065

विशिष्ट अतिथि झापा जिल्ला प्याप्सनका अध्यक्ष छत्र कार्कीले बिर्तामोड नगर कमिटीलाई जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको भन्दै बधाई तथा धन्यवाद व्यक्त गर्नुभयो।

उहाँले संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि प्याप्सन निरन्तर सक्रिय रहने बताउनुभयो।

Capture 11

कार्यक्रममा वडा नं. ४ का अध्यक्ष राहुल शर्माले जित–हार सिकाइको अभिन्न अंग भएकाले विद्यार्थीहरूले हतोत्साहित नभई अनुभवलाई जीवनमा लागू गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले “हारबाट पनि सिकाइ मिल्छ, हतोत्साहित नभई आफ्नो कमजोरी सुधार्दै अघि बढ्नुपर्छ” भन्दै विद्यार्थीलाई प्रोत्साहित  गर्नुभयो  । 

कार्यक्रममा झापा जिल्ला प्याप्सनका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक, कामु हिसान झापाका अध्यक्ष उत्तम खनाल, प्याप्सन सदस्य सन्तोष सुब्बा, निधि माविका प्रधानाध्यापक रन्जित कुमार शाह, बेल्स मोडल माविका प्रधानाध्यापक तारा प्रसाई, कञ्चनजंगा माविका प्रधानाध्यापक केशवराज न्यौपाने, शिक्षक सीएम खरेल, लिङ्कन मन्टेस्वरीका सञ्चालक तथा समय सञ्जालका सम्पादक सरोज पौडेल, मोफसल अनलाइनका सम्पादक  भरत प्रसाई, सूर्योदय टेलिभिजनका डेक्स सम्पादक देव बास्कोटा, एभी न्यूज टेलिभिजनका झापा संवाददाता सन्तोष न्यौपाने, न्युटन्स  मा.विका प्रधानाध्यापक तथा प्याप्सन  जिल्ला सदस्य देवन्द्र हुमागाई लगायत  स्थानिय खेलप्रेमी अभिभावकहरुको बाक्लो  उपस्थिति थियो।

IMG_8997कार्यक्रममा उपस्थित अतिथिहरूलाई बिर्तामोड नगर कमिटीकी कोषाध्यक्ष प्रमिला बजगाईले स्वागत गर्नुभएको थियो।

कार्यक्रमको औचित्यमाथि अध्यक्ष खरेलले प्रकाश पार्दै पाँच इभेन्टमार्फत १५ सय  विद्यार्थीले प्रत्यक्ष लाभ लिन सफल भएको जानकारी दिनुभयो।

IMG_9139

विशिष्ट अतिथि तथा झापा जिल्ला प्याप्सनका अध्यक्ष छत्र कार्कीले बिर्तामोड नगर कमिटीले अत्यन्त सफलतापूर्वक जिम्मेवारी पूरा गरेकोमा धन्यवाद ज्ञापन गर्दै प्याप्सन संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा, व्यवस्थापन तथा विद्यार्थी–हितकारी कार्यक्रम सञ्चालनमा सधैँ सक्रिय रहने बताउनुभयाे । 

त्यस्तै, निजी तथा आवश्यक विद्यालय संगठन नेपाल (प्याप्सन) द्वारा सञ्चालित जारी स्पोर्ट्स प्रतियोगिताअन्तर्गत  सम्पन्न विभिन्न खेलका नतिजा सार्वजनिक गरिएका छन्।

विद्यालय स्तरका विद्यार्थीहरूको प्रतिभा, क्षमता र खेलकुदप्रतिको रुचिलाई प्रोत्साहन दिँदै आयोजना गरिएको प्रतियोगितामा छात्र तथा छात्रामध्ये उत्साहपूर्ण सहभागिता रह्यो। कार्यक्रममा विभिन्न उमेर समूह र कक्षाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन प्रस्तुत गरेका थिए।

सबैभन्दा पहिले सटपुट प्रतियोगितातर्फ कक्षा १० सम्मका छात्र समूहमा ग्रीनफिल्ड मा.वि विजयी भएको छ। सोही विधामा इकम मा.वि दोस्रो र फन्मिन मावि तेस्रो स्थानमा रहे।

यसै विधामा कक्षा १० सम्मका छात्रा बीचको प्रतिस्पर्धामा भने एभरेस्ट स्मार्ट मा.विले पहिलो स्थान हात पार्यो भने सरस्वती मावि दोस्रो र देवकुल मा.वि तेस्रो बने।

कराते काता छात्र समूह (कक्षा ९–१०) को प्रतिस्पर्धामा ग्लोरी माविले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हात पार्यो। सोही विधामा कञ्चनजङ्गा मा.वि दोस्रो र चिल्ड्रेन इन्भारोन्मेन्ट तथा कञ्चन मा.वि तेस्रो बने।

त्यस्तै कराते काता छात्रा (कक्षा ९–१०) समूहमा टावर टेम्पल पहिलो, एमइटी दोस्रो तथा कञ्चनजङ्गा र सरस्वती मावि संयुक्त रूपमा तेस्रो स्थानमा रहे।

कक्षा ८ सम्मका छात्र समूहको कराते काता प्रतियोगितामा कोहेड माविले पहिलो स्थान हासिल गर्यो। एवाकस मावि दोस्रो र टावर टेम्पल तथा कृएटिभ मावि तेस्रो बने। छात्रातर्फ सोही कक्षा समूहमा विष्णु भगवती विद्यालय पहिलो, इकम मावि दोस्रो र कञ्चन मा. बि तथा कञ्चनजङ्गा मावि संयुक्त रूपमा तेस्रो स्थानमा परे।

भलिबलतर्फ कक्षा ११–१२ का छात्र समूहमा निधि माविले उपाधि हात पार्दै प्रथम भयो। इकम मावि दोस्रो र बाल्मीकि मावि तेस्रो स्थानमा रहे। त्यसैगरी कक्षा १० सम्मका छात्रा भलिबल प्रतियोगितामा लिटल फ्लावर मावि विजेता घोषित भयो भने गोमेन्द्र मावि दोस्रो र टावर टेम्पल मावि तेस्रो बने। कक्षा १० सम्मका छात्र समूहको भलिबलतर्फ कञ्चनजङ्गा माविले उपाधि जित्यो। वेल्स मोडल मावि दोस्रो र गोमेन्द्र मावि तेस्रो स्थानमा परे। कक्षा ११–१२ छात्रा समूहको भलिबलमा निधि मावि पहिलो, गोबेन्द्र  मावि दोस्रो तथा कञ्चनजङ्गा मावि तेस्रो बने।

फुटबल प्रतियोगितामा यसपटक खेलाडीहरूको न्यूनतम उचाइ ४ फिट ८ इन्च तोकिएको थियो, जसअनुसार सहभागी टोलीबाट खेलाडी चयन गरिएका थिए।

यसैगरी सम्पन्न क्रिकेट प्रतियोगितामा न्युटन्स एजुकेसन फाउन्डेसनले उत्कृष्ट खेल प्रस्तुत गर्दै प्रथम भयो भने निधि माध्यमिक विद्यालयले दोस्रो स्थान हात पार्यो।

आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, खेलकुदमार्फत विद्यार्थीहरू बीच आपसी मैत्री, शिष्टाचार र सहकार्यको भावना विस्तार गर्न पनि स्पोर्ट्स प्रतियोगिताले सकारात्मक प्रभाव पारेको जनाइएको छ।

फुटबल प्रतियोगितामा टावर टेम्पल प्रथम, कञ्चन बोर्डिङ स्कुल दोस्रो र एभरेस्ट स्मार्ट स्कुल तेस्रो भएको छ।


IMG_9109

फुटबल प्रतियोगितामा यसपटक खेलाडीहरूको न्यूनतम उचाइ ४ फिट ८ इन्च तोकिएको थियो, जसअनुसार सहभागी टोलीबाट खेलाडी चयन गरिएका थिए।


यसैगरी सम्पन्न क्रिकेट प्रतियोगितामा न्युटन्स एजुकेसन फाउन्डेसनले उत्कृष्ट खेल प्रस्तुत गर्दै प्रथम भयो भने निधि माध्यमिक विद्यालयले दोस्रो स्थान हात पार्यो।


आयोजकका अनुसार प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, खेलकुदमार्फत विद्यार्थीहरू बीच आपसी मैत्री, शिष्टाचार र सहकार्यको भावना विस्तार गर्न पनि स्पोर्ट्स प्रतियोगिताले सकारात्मक प्रभाव पारेको जनाइएको छ।


IMG_8950फुटबल प्रतियोगितामा टावर टेम्पल प्रथम, कञ्चन बोर्डिङ स्कुल दोस्रो र एभरेस्ट स्मार्ट स्कुल तेस्रो भएको छ।

प्रमुख अतिथि  तिलचन भण्डारी, विशिष्ट अतिथि छत्र कार्की, वडा अध्यक्ष राहुल शर्मा तथा खेलकुद संयोजक अमृतकुमार तिम्सिनासहितका अतिथिहरूले विजेता तथा उपविजेता टिमहरूलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभयो।