बिर्तामोड । झापाको बिर्तामोड–५मा अवस्थित न्युटन्स एजुकेसन एकेडेमी तथा एभरेष्ट एजुकेशन स्माटको संयुक्त आयोजनामा आजदेखि विद्यार्थीहरूलाई लक्षित गरेर नेतृत्व र व्यक्तित्व विकास सम्बन्धी विशेष तालिम सुरु गरिएको छ ।

बिर्तामोडस्थित बिर्तापार्टी प्यालेसमा आयोजना गरिएको तालिम मङ्सिर ५ गतेसम्म सञ्चालन हुने विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताउनुभयो ।
उहाँले विद्यार्थीहरुलाई नैतिकवान र समाजप्रति उत्तरदायी बनाउन यस किसिमको कार्यक्रमले मद्वत गर्ने बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल हुमागाईंले सकारात्मक सोच, आत्मविश्वास निर्माण, तनाव व्यवस्थापन, अध्ययनमा ध्यान केन्द्रित गर्ने तरिका, समस्या समाधान लगायत जीवन परिर्वनको मार्ग निमार्णमा उपायका सम्बन्धमा तालिम रहेको बताउनसभयो ।
कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गरिएको छ । औपचारिक कार्यक्रम सहित सम्पन्न भएको आजको पहिलो दिनमा कक्षा ७ ,८ र ९ का ५ सय बढी विद्यार्थीहरुको सहभागिता जनाएका थिए ।
उनीहरूलाई शैक्षिक प्रशिक्षक तथा परामर्शदाता, प्रखर वक्ता ईश्वर श्रेष्ठले प्रशिक्षण प्रदान गरिरहनुभएको छ ।

बुधवार कक्षा ५ देखि ८ सम्मका विद्यार्थी, बिहीबार कक्षा ४ का विद्यार्थी तथा एभरेस्ट स्मार्ट स्कूलका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूका लागि तालिम सञ्चालन गरिने विद्यालयले जनाएको छ। मङ्सिर ५ गते भने कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित प्रशिक्षण हुने जनाईएको छ ।
कार्यक्रमको उद्घाटन प्रमुख आतिथी अनारमनी पब्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटीले दिप प्रज्वलन साथै न्युट्न्स एजुकेशन फाउण्डेशनका संस्थापक स्व. हरि प्रसाईको तस्विरमा माल्यार्पंण गरी सुरुवात गर्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथी एकेडेमिक इन्चार्ज पराशर दाहालले प्रकाश पार्दै उपस्थि विद्यार्थी तथा अतिथीहरुलाई स्वागत गर्नुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, नेल्टा कोशी प्रदेशका उपाध्यक्ष धर्मेन्द्र भट्टराई प्रभाराय कार्की महासचिव, वीरता लेडी जेसीज लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सिवाकोटीले विद्यार्थीहरुलाई नैतिक शिक्षा सिकाउन नसक्दा संस्कार हराउदै गएको बताउनुभयो । उहाँले स्व। हरि प्रसाईलाई स्मरण गर्दै उहाँले रोपेको शिक्षाको सानो विरुवा झाङगिएर विशाल रुख बन्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका निर्देशक आषिश प्रसाई, एकेडमी ईन्चार्ज पराशर दाहाल लिङकन मन्टेश्वरीका सञ्चालक पत्रकार सरोज पौडेल ,मोफसल अनलाइनका सम्पादक भरत प्रसाई, एभी न्यूज टेलिभिजनका झापा संवादाता सन्तोश न्यौपाने, सुर्योदय टेलिभिजनका समाचार बाचक देब बाँस्कोटा, विद्यालय व्यवस्थापन समितिका सदस्य मञ्जु राई, लगायत विद्यालय व्यवस्थापन समितिका सदस्य एवं शिक्षक शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।














