बिर्तामोड । झापाको अर्जुनधारा–जलेश्वरधाम परिसर मंगलवार साँझ हजारौँ भक्तजनको उपस्थितिले झकिझकाउ बनेको थियो। पूर्वको पशुपतिनाथ भनेर परिचित यस धार्मिक स्थलमा भक्तजनहरूले आफ्ना दिवंगत पितृहरूको स्मरण गर्दै दीप प्रज्वलन गरेका हुन्।

5555555मूल अर्चक अग्नीप्रसाद सिग्देलका अनुसार बालाचतुर्दशी पर्वको अघिल्लो साँझ देश–विदेशबाट आएका भक्तजनले शत्बीज छर्ने पूजाआजाको पूर्वसन्ध्यामा दीपदान गर्दै बायू महापुराण श्रवण समेत गरेका छन्।

1

धामका व्यासाचार्य कुवेर सुवेदीले हरेक साँझ जलेश्वरधाममा सञ्चालन हुँदै आएको गंगा आरतीमा पनि भक्तजनको उल्लेख्य सहभागिता रहेको बताए। भक्तजनको स्वागत गर्दै अर्जुनधारा नगरपालिकाका नगरप्रमुख वलदेवसिंह गोम्देनले सबैलाई ढुक्क रूपमा शत्बीज छर्न आग्रह गरेका हुन्।


बालाचतुर्दशीको अवसरमा विभिन्न सामाजिक तथा धार्मिक संस्थाहरूले निःशुल्क स्वास्थ्य सेवा, पानी, चिया र प्रसाद वितरणका स्टलहरू सञ्चालन गरेका छन्। साथै, आयोजक समितिले सबै भक्तजनका लागि महाप्रसादस्वरूप खिचडी वितरणको तयारी गरेको अर्चक सिग्देलले जानकारी दिए।

3 1

गत वर्षको तुलना गर्दा यसपटक भक्तजनको भीड दोब्बर रहने सम्भावना रहेको बताउँदै धाम समितिका अध्यक्ष नवीन गट्टानीले सुरक्षा, यातायात र सरसफाइमा विशेष ध्यान दिइएको बताए। महोत्सवलाई झन् आकर्षक बनाउन मन्दिर परिसरदेखि परिक्रमा मार्गसम्म रंगीन बत्ती र एलइडी सजावट गरिएको समेत उनले उल्लेख गरे।


उनका अनुसार परिक्रमा मार्गभर झलमल्ल बत्तीको व्यवस्था गरिएकाले भक्तजनमा थप उत्साह देखिएको छ। महायज्ञमा सहभागी हुनेहरूको संख्या दैनिक रूपमा बढिरहेको समेत गट्टानीले बताए।