बिर्तामोड । झापाको बुद्धशान्तिस्थित बुधबारे जेसीजद्वारा आयोजित जेसीज सप्ताह कार्यक्रम शनिवार एक विशेष समारोहका बीच सम्पन्न भएको छ।

सप्ताहको समापनका अवसरमा बुधबारे जेसीज र पत्रकारहरूको टोलीबीच मैत्रीपूर्ण फुटबल खेल प्रतियोगिताको आयोजना गरिएको थियो ।

586496177_2803048903237810_1929300252205228379_nबुद्धशान्ति-१ को त्रिभुवन माविको खेल मैदानमा भएको सो रोमाञ्चक खेलमा पत्रकारहरूको टोली विजयी भयो। निर्धारित समयभित्र खेल बराबरीमा टुङ्गिएपछि टाइब्रेकरका आधारमा खेलको अन्तिम निर्णय लिइएको थियो।

587241512_2803049026571131_2215596835213861154_nविजेता तथा उपविजेता दुवै टोलीलाई कार्यक्रमका प्रमुख अतिथि तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडा र बुधबारे जेसीजका अध्यक्ष सुजित बराललगायतले ट्रफी र प्रमाणपत्र वितरण गरे।

कार्यक्रमका प्रमुख अतिथि खतिवडाले बुधबारे जेसीजले गरेका सामाजिक कार्यहरूको प्रशंसा गर्दै पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बुधबारे जेसीज वर्ष २०२५ का अध्यक्ष सुजित बरालको अध्यक्षतामा सम्पन्न भएको सो सप्ताहव्यापी कार्यक्रममा विविध कार्यक्रमहरू सञ्चालन गरिएका थिए।

समापन कार्यक्रमको सञ्चालन महासचिव कृष्ण ढकालले गरेका थिए ।

जेसीज सप्ताह अन्तर्गत उद्घोषण तथा वाककला तालिम, करियर डेभेलप्मेन्ट ओरियन्टेसन कार्यक्रम, बिरुवा संरक्षण तथा हस्तान्तरण कार्यक्रम, पौष्टिक आहार वितरण कार्यक्रमलगायतका विभिन्न रचनात्मक र सामाजिक कार्यक्रमहरूको आयोजना गरिएको बुधबारे जेसीजले जनाएको छ ।