बिर्तामोड । भरत भाबुक प्रसाई, झापाको  बिर्तामोड–४ मा रहको ईडन गार्डेन एजुकेसन फाउन्डेसनले १५ विधाका खेलकुद गतिविधिसहित ३७औँ वार्षिक खेल उत्सव सम्पन्न गरेको छ ।


IMG_0062

 कार्यक्रममाअध्यक्षता विद्यालय संस्थापक प्रिन्सिपल मोहन आर्चायले गर्नुभएको थियो भने बिर्तामोड नगरपालिका शिक्षा अधिकृत लासाङग तामाङगको प्रमुख आतिथ्यता  रहेको थियो ।

IMG_0084

कार्यक्रममा बालबालिका संञ्चार मञ्चका अध्यक्ष तथा पत्रकार सरोज पौडेल,  पत्रकारहरू भरत प्रसाई ,देब बाँस्कोटा, सन्तोष न्यौपाने, सह– प्राध्यापक खेमराज शर्मालगायतको आतिथ्यता रहेको थियो । उपस्थित अतिथीहरुलाई विद्यालयकी शिक्षक कमल अधिकारीले स्वागत गरेका थिए ।  

6666

विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको उल्लेखनीय सहभागिताले यस वर्षको खेल महोत्सव झनै भव्य बनेको विद्यालयका प्रधानाध्यापक मोहन आर्चायले बताए । 

IMG_0046

औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयकाको–अर्डिनेटर गीताराम आचार्यले गर्नुभएको थियो भने खेलकुद प्रतियोगितको सञ्चालन छात्रा गोमा मैनाली र साइन बेगमले गरेका थिए । 

फुटबलतर्फ विद्यालय–कलेजबीचको प्रतिस्पर्धामा कलेज टिमले उत्कृष्ट प्रदर्शन गर्दै विजेता बन्न सफल भयो र नगद १,१०० रुपैयाँ पुरस्कार प्राप्त गर्यो।

IMG_0061

भलिबलतर्फ विद्यालय टिमले उत्कृष्टता प्रदर्शन गर्दै मेडल तथा प्रमाणपत्र हात पार्यो ।  भलिबलको म्यान अफ द सिरिज सग्यान गौतम घोषित भए भने प्रेम ब. तामाङ उत्कृष्ट खेलाडी बने।

सदनस्तरीय फुटबलतर्फ हरियो सदनले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो। यसतर्फ अश्रिन श्रेष्ठ ‘म्यान अफ द सिरिज’ घोषित भए।

भलिबल प्रतियोगितामा छात्र तर्फ पहेलो सदन विजयी रह्यो। यस श्रेणीमा सचिन थापा उत्कृष्ट खेलाडी बने।

त्यसैगरी छात्रा भलिबलमा निलो सदन प्रथम रहँदै गौरवान्वित भयो।

Capture

छात्रा समूहतर्फ अविक्षा श्रेष्ठ ‘म्यान अफ द सिरिज’ बन्न सफल भइन् भने केनिजा दनुवार उत्कृष्ट खेलाडी घोषित भइन्।

अभिभावक तर्फको प्रतिस्पर्धा पनि उत्सवको प्रमुख आकर्षण बन्यो। हट पोटेटो प्रतियोगितामा बिनिता पाठक विजेता बन्दै नगद रु ६०० पुरस्कार प्राप्त गर्न सफल भइन्।

IMG_0054

विद्यालयका को–अर्डिनेटर गीताराम आचार्यले विभिन्न सदन तथा समूहका विद्यार्थी, शिक्षक तथा अभिभावकको सक्रिय सहभागिताले खेल उत्सव सफल र स्मरणीय बनेको बताएका छन्।

उहाँका अनुसार खेलकुदले विद्यार्थीको नेतृत्व क्षमता, आपसी समझदारी तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको छ।

क्रिकेटतर्फ पनि कलेज टिम विजयी रहँदै मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो, जहाँ अभ्यास प्रसाई म्यान अफ द सिरिज बन्न सफल भए।


सदनस्तरीय खेलमा हरियो सदनले फुटबलमा पहिलो स्थान हासिल गर्यो। यस श्रेणीमा अश्रिन श्रेष्ठ म्यान अफ द सिरिज बने। छात्र भलिबलमा पहेलो सदनले जित निकालयो र सचिन थापा उत्कृष्ट खेलाडी घोषित भए। 

छात्रा भलिबलमा निलो सदन विजयी रहँदा अविक्षा श्रेष्ठ म्यान अफ द सिरिज तथा केनिजा दनुवार उत्कृष्ट खेलाडी बने।

IMG_0058

विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको खेल उत्सवले विद्यार्थीको शारीरिक, मानसिक, सामाजिक तथा नेतृत्व सीप विकासमा महत्वपूर्ण योगदान र्पुयाउँदै आएको छ ।

यस वर्षको उत्सव विद्यार्थीको उत्साह, अभिभावकको सक्रियता र शिक्षकको समर्पणले अझ आकर्षक र प्रेरणादायी बनेको विद्यालय प्रशासनले जनाएको छ ।

खेल उत्सवले विद्यार्थीको प्रतिभा, समूह भावना र आत्मविश्वास अझ प्रबल बनेको आयोजक पक्षले बताएको छ ।