बिर्तामोड । नारी सञ्चार गृह झापा र नेपाल पत्रकार महासंघ झापा (महिला विभाग)को आयोजनामा तथा लुथ्रन वल्ड फेडेरेसन र SNJD को सहकार्यमा आयोजित डिजिटल सुरक्षा कार्यशाला (Digital Safety Workshop)” सफलतापूर्वक सम्पन्न भएको छ।

लैङ्गिक हिंसा न्यूनीकरणमा डिजिटल सुरक्षाको भूमिकालाई केन्द्रमा राखेर गरिएको उक्त कार्यशालामा पत्रकार, मानवअधिकारकर्मी, सुरक्षा निकाय तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता माननिय कृष्णकुमारी खतिवडाले डिजिटल क्षेत्रमार्फत बढ्दो लैङ्गिक हिंसामा प्रभावकारी हस्तक्षेपका लागि पत्रकार र सञ्चारकर्मीकै भूमिका महत्वपूर्ण हुने बताइन्।

592239583_825400453571986_7770051725265115877_n

 जनहितमा जारी

डिजिटल सुरक्षाबारे जनचेतना, प्रविधिको सुरक्षित प्रयोग र पीडितमैत्री प्रणाली विकासमा संयुक्त प्रयास आवश्यक रहेको उनले उल्लेख गरिन्।

विशिष्ट अतिथि झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले डिजिटल अपराध नियन्त्रण, सचेतना र प्रभावकारी कानुनी कारबाहीका विषयमा प्रशासनले प्राथमिकताका साथ काम गरिरहेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष अम्बिका भण्डारी, महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बू, मानव अधिकारकर्मी डा. रुपक खनाल, प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का, अधिवक्ता कोपिला खड्का बस्नेतलगायत अतिथिहरूले डिजिटल हिंसा, तथ्य सुरक्षा, कानुनी उपाय तथा सञ्चारकर्मीको भूमिकाबारे अपनाे धारणा राखेका थिए।

592112189_825400500238648_9036454937283156936_nविभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकारका वैचारिक संगठन, प्रेस क्लब तथा नारी सञ्चार गृहका सदस्यहरूको सक्रिय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूलाई डिजिटल सुरक्षा, तथ्य जाँच, अनलाइन जोखिम न्यूनीकरण तथा सुरक्षित कार्यप्रणालीबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यले धन्यवाद व्यक्त गरेकी छन्।