बाह्रदशी । ओमनारायण राजवंशी ,

एन प्याप्सन झापाको आयोजनामा बाह्रदशी४, चकचकीस्थित कानगोई अङ्ग्रेजी  विद्यालयमा आज भव्यताका साथ चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।

गत मंसिर २० गतेदेखि सुरु गरिएको सप्ताव्यापी खेल उत्सव अन्तर्गत आज सम्पन्न चित्रकला प्रतियोगिताले विद्यालय प्राङ्गण कलात्मक रंग र विद्यार्थीको उत्साहले भरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि तथा एन प्याप्सन झापा जिल्ला अध्यक्ष धर्मराज माझीका अनुसार खेल उत्सव २०८२ अन्तर्गत चित्रकला सहित विभिन्न इभेन्टहरू निरन्तर सञ्चालन भइरहेको छ।



IMG_1093

कानगोई विद्यालयका संस्थापक तथा कार्यक्रमका आर्थिक संयोजक धिरजनारायण गणेशको   अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाह्रदशी वडा नं. ४ का वडाध्यक्ष महताब आलम प्रमुख अतिथि  रहनुभएको थियो । 

कार्यक्रमका विशिष्ट अतिथिमा एन प्याप्सन झापा अध्यक्ष धर्मराज माझी र विद्यालय अभिभावक समितिका अध्यक्ष देविप्रसाद गणेश रहनु भएकाे  थियाे ।

 IMG_1151कार्यक्रममा अतिथि स्काउट प्रशिक्षक तेजु सिंह,  प्रशान्त श्रेष्ठ,सञ्चारकर्मी, ओरेन्ज समाचारका समाचार प्रमुख सन्तोष वेगा, मोफसल अनलाइनका संवाददाता ओमनारायण राजवंशी, कानगोई बोर्डिङ स्कुलका प्रिन्सिपल बिमल राजवंशी, भाइस प्रिन्सिपल सुनिल राजवंशी, विद्यालयका कोअर्डिनेटर भक्ति निरौला, एमिटी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष लता अधिकारी, मिडल पोइन्ट एलिमेन्ट्री विद्यालयका ईसीए कोअर्डिनेटर सजिन  बोहोरा , अभिभावक समितिकी सदस्य देवी कार्की, सगुना राजवंशी, याकुब मिया, विष्णु निरौला, पदम मैनाली, इन्दिरा कोइराला, दुर्गा ताजपुरिया, सामाजिक व्यक्तित्व विश्वनाथ गणेशलगायत स्थानीय अभिभावक तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सप्ताव्यापी खेल उत्सवको उद्घाटन सिद्धार्थ शिक्षा सदनको खेलमैदानमा गरिएको थियो भने समापन मिडल पोइन्ट एलिमेन्ट्री विद्यालयमा हुने जानकारी अध्यक्ष माझीले दिनुभयो।


IMG_1278चित्रकला प्रतियोगितामा मिडल पोइन्ट एलिमेन्टरी बिर्तामोड–५, सिद्धार्थ शिक्षा सदन बिर्तामोड–१०, सैनिक बजार,एमिटी विद्यालय मेचीनगर ,कानगोई अङ्ग्रेजी विद्यालय बाह्रदशी४, लगायतका विद्यालयका प्राइमरी र लोअर सेकेन्डरी तहका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

आयोजकले ‘ब्युटिफुल नेचर’, ‘मदर लभ’ र ‘माइ कन्ट्री’ गरी तीनवटा थीम प्रदान गरेको थियो।

प्राइमरी स्तरका विद्यार्थीलाई ‘माइ कन्ट्री’ र लोअर सेकेन्डरी तहलाई ‘ब्युटिफुल नेचर’ शीर्षक दिइएको थियो।

प्रतियोगितामा एमईटी विद्यालयबाट प्राइमरीतर्फ सेक्सेस पुन र निधि, लोअर सेकेन्डरीतर्फ जस्टिन लिम्बु र आरोही तामाङ प्रतिस्पर्धामा थिए। मिडल पोइन्ट एलिमेन्टरीका तर्फबाट प्राइमरीतर्फ मनोज मोक्तान र रेसिका चौधरी, लोअर सेकेन्डरीतर्फ रोनक दास र गुञ्जन लिम्बु सहभागी थिए। सिद्धार्थ शिक्षा सदनबाट प्राइमरीतर्फ सोनुहाङ राई र समेङ तुम्बापो, लोअर सेकेन्डरीतर्फ समर्पण राई र सुप्रिया माझी तथा कानगोई बोर्डिङ स्कुलबाट प्राइमरीतर्फ अर्पना हेमरम, लोअर सेकेन्डरीतर्फ विप्लव ताजपुरिया र एलिना हेमरम प्रतिस्पर्धामा थिए।


IMG_1163एक घण्टा ३० मिनेट समय दिइएको प्रतियोगिताको उत्कृष्ट विजेता घोषणा खेल उत्सव समापन समारोहमा गरिने जानकारी विद्यालयका भाइस प्रिन्सिपल सुनिल राजवंशीले दिनुभयो।

कार्यक्रममा विद्यालय कोअर्डिनेटर भक्ति निरौलाले अतिथिहरूलाई स्वागत गर्दै विद्यार्थीहरूको सिर्जनशीलता र क्षमता उजागर गर्न यस प्रकारका गतिविधि महत्वपूर्ण हुने बताउनुभयो।

चित्रकला प्रतियोगिताले कल्पनाशक्ति,सौन्दर्यबोध र भाव अभिव्यक्तिको सशक्त माध्यम प्रदान गर्ने निरौलाले बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि धर्मराज माझीले शिक्षा, स्वास्थ्य र सबल राष्ट्र निर्माणमा एन प्याप्सनले निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै खेल उत्सव २०८२ मा २१ विद्यालयको उत्साहजनक उपस्थिति रहेको जानकारी दिनुभयो।

IMG_1105

उहाँले लङजम्प, हाइजम्प, निबन्ध लेखन, चेस, डिक्टेसन, फुटबललगायतका प्रतियोगिता सम्पन्न भइसकेको जानकारी पनि दिनुभयो।

त्यसैगरी प्रमुख अतिथि वडाध्यक्ष महताब आलमले सामुदायिक र निजी विद्यालयबीचको खाडल मेटाउँदै समग्र शैक्षिक गुणस्तर बृद्वी गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

उहाँले बाह्रदशी गाउँपालिकाको शिक्षाक्षेत्र सुधारका लागि शिक्षक–अभिभावक र स्थानीय तहको सहकार्य अपरिहार्य भएको बताउनुभयो।


कार्यक्रमका अध्यक्ष तथा विद्यालयका संस्थापक धीरज नारायण गणेशले एन प्याप्सनले आफ्नो विद्यालयमा कार्यक्रम आयोजना गरेर अन्य विद्यालयहरूलाई स्वागत गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि कानगोई अंग्रेजी विद्यालय अतिरिक्त गतिविधिमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।


सिद्धार्थ शिक्षा सदनकी फाउन्डर सुमति माझीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा स्काउट टोलीले मार्चपास गर्दै अतिथिहरूलाई सम्मान गरेको थियो।

कानगोई बोर्डिङ स्कुलका विद्यार्थीहरूको नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप रौनक प्रदान गरेको थियो।

कार्यक्रममा उपस्थित सबै अतिथि तथा पत्रकारलाई विद्यालयका संस्थापक धर्मराज माझी र भाइस प्रिन्सिपल सुनिल राजवंशीले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको थियो।