कनकाई नगरपालिका अन्तर्गत फक्ताङ्लुङ एजुकेशन फाउण्डेशन र विर्तामोड नगरपालिका–४ स्थित इर्डन गार्डेन एजुकेशन फाउण्डेशनबीच आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगिता  सम्पन्न भएको छ।

प्रतियोगितामा छात्रतर्फ इर्डन गार्डेन विजेता बनेको छ भने छात्रातर्फ फक्ताङ्लुङ स्कूलले उपाधि हात परेको छ।

मैत्रीपूर्ण खेलले विद्यार्थीहरूमा सहकार्यको भावना अभिवृद्धि गर्न तथा आपसी मित्रता मजबुत बनाउन सहयोग पुगेको फक्ताङ्लुङ एजुकेशन फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले बताए।

खेलकुदसँगै शैक्षिक गतिविधिमा पनि संयुक्त सहकार्य गर्दै अघि बढ्ने योजना रहेको इर्डन गार्डेनका विद्यालय संयोजक गीताराम आचार्यले जानकारी दिए।

 जनहितमा जारी

f97b4ae4-83f9-43c7-95e9-859483178ce8सहकार्यकै सिलसिलामा दुई विद्यालयबीच निकट भविष्यमा फुटसल प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता इर्डनका सीईओ महिप आचार्यले जनाएका छन्।


कार्यक्रमका क्रममा दुवै विद्यालयबीच शुभकामना ज्ञापनपत्र आदानप्रदान तथा सम्मानस्वरूप मायाको चिनो समेत प्रदान गरिएको इर्डनले जनाएको छ।