काठमाडौँ, २९ मंसिर । मेयर बालेन शाहको आवाजमा फिल्म ‘झरीपछिको इन्द्रेणी’ को शीर्षगीत ‘आम नेपाली बुवा’ युट्युबमा सार्वजनिक गरिएको छ ।आइतबार बेलुका बालेनको आफ्नै युट्युब च्यानलमा गीत रिलिज भएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित कविता ‘कुन मन्दिरमा जान्छौ यात्री’ लाई र्याप शैलीमा गीत कम्पोज गरिएको छ ।र्याप गायन र लिरिक्स बालेनकै छ । दीक्षा उप्रेतीको कोरस गायन छ ।
बालेनले यो गीत हालै दिवंगत भएका आफ्ना बुवा डा। रामनारायण शाहप्रति समर्पित गरेका छन् ।यो गीतको मौलिक संगीतकार चाहिँ रञ्जित गजमेर हुन् भने ओर्जिनल गायक रविन शर्मा हुन् । भिडियोमा फिल्मका दृश्यलाई समेटिएको छ ।














