लक्ष्मीपुर, झापा ।

मनकामना कलेजको बस आज २०८२ साल पुस २ गते बिहान विद्यार्थी बोकेर कलेज आउने क्रममा लक्ष्मीपुर चोकमा पुग्दा ब्रेकमा सामान्य समस्या देखिएको थियो।
सम्भावित ठूलो दुर्घटना हुन नदिन चालकले सतर्कता अपनाउँदै बसलाई सडक छेउमा राखिएको गमलामाथि मोडेर रोकेका थिए।

घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभिन्न अड्कल–अनुमानहरू आएका छन्।

यस सम्बन्धमा स्पष्ट पार्दै मनकामना कलेजले उक्त घटनामा कुनै पनि मानवीय क्षति नभएको तथा बसमा समेत कुनै किसिमको क्षति नपुगेको पुष्टि गरेको छ।

कलेज प्रशासनका अनुसार चालकको सूझबुझ र समयमै लिइएको निर्णयका कारण सम्भावित ठूलो दुर्घटना टर्न सफल भएको हो।

हाल सबै विद्यार्थीहरू सुरक्षित रहेको र नियमित शैक्षिक गतिविधि सुचारु रूपमा सञ्चालन भइरहेको कलेजले जनाएको छ।