बिर्तामोड। शनिश्चरे साना किसान कृषि सहकारी संस्था अर्जुनधारा ८ को १२ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष भैरबबहादुर खड्काको अध्यक्षता तथा कृषि सहकारी जिल्ला संघ झापाका अध्यक्ष केशब सापकोटाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा संस्थाका अध्यक्ष भैरबबहादुर खड्काले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाको शेयर सदस्य १ हजार ३ सय ७२ जना,समूह २ सय ८७ वटा,शेयर पूँजी १ करोड २५ लाख ३४ हजार ७ सय रूपैयाँ, निक्षेप ४ करोड ९५ लाख १७ हजार ८ सय ४१ रूपैयाँ, ऋण लगानी ८ करोड ९ लाख ३९ हजार रूपैयाँ, आम्दानी १ करोड ४४ लाख ६८ हजार ६ सय २४ रूपैयाँ ७४ पैसा, खर्च ९९ लाख ८१ हजार ८ सय ७७ रूपैयाँ ६८ पैसा, आयकर पछि नाफा ४० लाख ७४ हजार ५ सय २० रूपैयाँ ३५ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा उत्कृष्ट अन्तर समूहतर्फ अन्तर समूह १० ग अर्जुनधारा १०, उत्कृष्ट समूहतर्फ समूह नं ७७ अर्जुनधारा ६, उत्कृष्ट पशुपालन व्यवसायतर्फ रंगमाया कठेत, उत्कृष्ट कृषि व्यवसायतर्फ दुर्गादेबी दुलाल उपाध्याय, उत्कृष्ट बालबचततर्फ श्रृंखला गौतम, प्रेक्षा खनाललाई सम्मान गरिएको थियो।
कार्यक्रममा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सुपरीवेक्षण समितिका संयोजक भानु मिश्र, ऋण उपसमितिको प्रतिवेदन ऋण उपसमितिका संयोजक नरेन्द्रप्रसाद अधिकारी,पशु सुरक्षण बीमा समितिको प्रतिवेदन पशु सुरक्षण बीमा समितिका संयोजक पशुपति घिमिरे र प्रबन्धकको प्रतिवेदन संस्थाका प्रबन्धक भूमिनाथ बरालले प्रस्तुत गरेका थिए।
प्रमुख अतिथी कृषि सहकारी जिल्ला संघ झापाका अध्यक्ष केशब सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रममा नयाँ अन्तर समूहलाई माइन्युट हस्तान्तरण गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक भूमिनाथ बरालले गरेका थिए।

संस्थाको नवनिर्वाचित अध्यक्षमा पुष्पकुमार प्रसाई निर्वाचित भएका छन् भने उपाध्यक्षमा रमेशकुमार काफ्ले निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरूमा भानुप्रकाश चापागाई, पशुपति घिमिरे, गोविन्द पोखरेल , दुर्गा दुलाल उपाध्याय, लक्ष्मीकुमार चौलागाईं, कोपिला पौडेल, बृन्दादेबि सुवेदी रहेका छन्।

त्यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा लवकुश गौतम र सदस्यहरूमा तारा पोखरेल, कल्पना थापा निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत रूद्रप्रसाद खतिवडा र सदस्यहरू केदारनाथ पोखरेल, पार्वतादेवी न्यौपाने रहेका थिए।














