झापा । कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारणसभा एकीकृत माइन्युट प्रमाणीकरण गर्दै आज शुक्रबार सम्पन्न भएको छ ।

पुष ४ गते संस्था दर्ता भएको दिनको अवसर पारेर संस्थाले २६औँ वर्ष प्रवेशसँगै रजत महोत्सवको औपचारिक समापन समेत गरेको हो ।

IMG_2242

संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा इकाइगत साधारणसभाबाट तयार पारिएका माइन्युटहरू एकीकृत गरी छलफलपछि प्रमाणीकरण गरिएको थियो ।

अध्यक्ष प्रधानले संस्थालाई आजको अवस्थासम्म ल्याइपुर्‍याउन सेयर सदस्यहरूको सक्रिय खबरदारी र सहभागिता महत्वपूर्ण रहेको बताउनुभयो ।

Secretary-Bhupal-Basnet-1024x512 (1)

उहाँले सहकारी तथा बैंकिङ क्षेत्रमा चुनौतीहरू बढ्दै गए पनि कर्णाली साकोस विधि, प्रक्रिया र पारदर्शिताका आधारमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो ।

ऋण लगानी र असुलीको गति हाल सावधानीपूर्वक अघि बढाइएको जानकारी पनि उहाँले दिनुभयो ।

‘राज्यका कुनै पनि निकायबाट हुने अनुगमनलाई हामी स्वागत गर्छौं,’ अध्यक्ष प्रधानले भन्नुभयो, ‘यदि काम गर्ने क्रममा कमजोरी देखिएमा सुधारका लागि सधैं तयार छौं ।’

संस्थाका संस्थापक ज्येष्ठ सेयर सदस्य जयबहादुर गौतमले दिप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा पूर्वअध्यक्ष महेन्द्रप्रसाद चुडाल, लेखा समितिका संयोजक मनकुमार बेघा तथा इकाइगत प्रतिनिधि बिमला गौतम भट्टराई र हरिराज भट्टराईले आ–आफ्ना धारणा राख्नुभएको थियो ।

IMG_2248

कार्यक्रमको सञ्चालन सचिव भुपाल बस्नेतले गर्नुभएको थियो भने उपाध्यक्ष रामकुमार गौतमले स्वागत मन्तव्य दिनुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा संस्थाले उपचाररत आफ्ना ५ जना सदस्यलाई दुई लाख ८०० रुपैयाँ बराबरको उपचार सहयोग प्रदान गरेको छ ।


Chairman-Tas-Bahadur-Pradhan

भद्रपुर सेवा केन्द्रअन्तर्गत कल्पना सुब्बालाई ९८ हजार ५००, कुन्ता चापागाईंलाई २१ हजार ६०० तथा बिर्तामोड कृषिथोकबजार सेवा केन्द्रकी रञ्जिता लिम्बूलाई ३० हजार ५०० रुपैयाँ प्रदान गरिएको छ ।

यस्तै सैनिकमोड सेवा केन्द्रअन्तर्गत संगीता गुरुङलाई २५ हजार १०० र आशा चौधरीलाई १० हजार ८०० रुपैयाँ सहयोग उपलब्ध गराइएको विभागीय अधिकृत मनहरि निरौलाले जानकारी दिनुभयो