झापाको बिर्तामोडमा अवस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयमा उपसभामुख तथा विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कक्षा ११ र १२ अध्ययनरत विद्यार्थीहरुको नेतृत्व विकास तथा युवाहरुको भविष्यप्रति युवाहरुलाई जागृत गराउने उद्देश्यले अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा युवाहरु देशको सम्पत्ति हुन, राम्रो शिक्षा र प्राविधिक सिप र असल नेतृत्व विकास गराइ अभिभावकहरु प्रति जिम्मेवारी बहन गर्न सक्ने शिक्षा ग्रहण गर्न जनशक्ति निर्माण गर्न प्रेरणादायी सामाजिक व्यक्तित्व संघिय उपसभामुख इन्दिरा राना मगरले बताइन् ।
आफू सामान्य परिवारजनमा जन्मेको र समयमै विद्यालय जान नसके पनि ढिलै भएपनि कक्षा ५ बाट अध्ययन सुरु गरेको नियमित अध्ययन र पारिजातको प्रेरणाले कैदीबन्दी र उनिहरुको बालबालिकाहरुलाइ आवास, स्वास्थ्य, शिक्षा प्रदान गर्दै आएको हजारौं बालबालिका शिक्षाबाट बन्चित हुनबाट आफुले शिक्षा क्षेत्रमा काम गरेकोमा आफू खुसी भएको बताइन् ।
कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरु निर्जल आचार्य र दिपेस निरौलाले उपसभामुखसँग आ-आफ्नो धारण राखेका थिए ।
कानुन विद्यार्थी चेतन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक प्रतिनिधि युवराज कटेल, विद्यार्थी दिक्षित पौडेल, स्वति गौतम लगायतको उपस्थित रहेको थियो ।
प्रधानाध्यापक खड्गप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको सहजीकरण शिक्षक गीता भट्टराईले गरेकी थिइन् ।














