बिर्तामोड, ५ पुस : बिर्तामोड नगरपालिका १ मा आयोजित दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि पञ्चकन्या प्रगति टोलले जितेको छ।

वडा खेलकुद विकास समितिको आयोजनामा ग्रिनफिल्ड स्कुलको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा गौरीनारायण टोललाई १–० गोल अन्तरले पराजित गर्दै पञ्चकन्याले उपाधि हात पारेको हो।     

पञ्चकन्याका जर्सी नम्बर १९ का खेलाडी अभियान ढुंगेलले गरेको एकमात्र गोल नै निर्णायक बन्यो।

ea3b21f7-ff95-4d0a-bb25-d360cf2dd87d

 जनहितमा जारी

प्रतियोगिताका विजेताले नगद १५ हजार रुपैयाँ तथा उपविजेताले नगद १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गरेका छन्। विजेता तथा उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डे र आयोजक समितिका अध्यक्ष सुदर्शन रोकाले पुरस्कार वितरण गर्नुभयो।

282dc782-f35d-4f47-ba7b-e11d556590ac

यसैगरी प्रतियोगितामा उत्कृष्ट खेलाडी विशन नेम्बाङ, उत्कृष्ट गोलकिपर साहिल पोख्रेल र सर्वाधिक गोलकर्ता सिद्धार्थ वेस्राले जनही नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।

आजै बिहानदेखि सुरु भएको प्रतियोगितामा वडा भित्रका विभिन्न टोलबाट १५ वर्षमुनिका खेलाडी समावेश भएका ११ वटा टिमको सहभागिता रहेको थियो।

600334253_25255471490729621_6768703164084752163_n

वडा खेलकुद विकास समितिमार्फत आगामी केही दिनभित्र  ब्याडमिन्टन,क्रिकेटलगायतका अन्य खेल प्रतियोगिताहरू पनि आयोजना गरिने आयोजकले जानकारी दिएको छ।