झापा । केही वर्षअघिसम्म गाउँ–गाउँका सडक भन्नासाथ हिलो र धुलोको तस्बिर आँखा अगाडि आउँथ्यो ।

वर्षायाममा चिप्लो हिलो, हिउँदमा उड्ने धुलो र थोरै समयमै भत्किने सडक संरचना ग्रामीण जनजीवनका स्थायी समस्या जस्तै थिए । तर अहिले झापासहित पूर्वी नेपालका धेरै गाउँ–नगरमा यो दृश्य क्रमशः इतिहास बन्दै गएको छ । यो परिवर्तनको मूल कारण बनेको छ — एनएस मार्क प्राप्त इन्टरलकिङ पेभर्स।

 यही परिवर्तनको एउटा ठोस उदाहरण बनेको छ झापाको अर्जुनधारा–७, भाङवारीमा स्थापित विल्डकन इन्डष्ट्रिज  प्रा.लि 

आठ वर्षअघि स्थापना भएको विल्डकन इन्डष्ट्रिजले जर्मन प्रविधिको प्रयोगमार्फत गुणस्तरीय इन्टरलकिङ पेभर्स उत्पादन गर्दै आएको छ ।

उद्योगका सञ्चालक नविन गट्टानीका अनुसार, उत्पादनको सुरुदेखि नै गुणस्तरमा कुनै सम्झौता नगरिने नीति लिइयो ।

 “एनएस मार्क प्राप्त गरेपछि हाम्रो जिम्मेवारी झन् बढ्यो,” गट्टानी भन्छन्,“त्यसपछि गुणस्तर हाम्रो पहिलो प्राथमिकता बन्यो ।”

IMG_2355

आज विल्डकनका टायल्स, ब्लक र इन्टरलकिङ पेभर्स झापादेखि पश्चिम नेपालको कैलालीसम्म प्रयोग भइरहेका छन् ।

एम–३० देखि एम–५० ग्रेडसम्मका एनएस प्रमाणित पेभर्स उत्पादन गर्ने यो उद्योग करिब ६० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको नेपालकै पहिलो एनएस प्राप्त इन्टरलकिङ उद्योग हो ।

सडकदेखि बन्दरगाहसम्म प्रयोगयोग्य ,उद्योगका अनुसार एनएस मापदण्डअनुसार उत्पादन गरिएका पेभर्स सामान्य सडक मात्रै होइन, भारी भारवहन हुने क्षेत्रका लागि समेत उपयुक्त छन् ।

अर्का सञ्चालक प्रदीप अग्रवाल भन्छन्—“हाम्रा पेभर्सले ८० टनसम्म भार सहन सक्छन् ।

अहिले ४०–५० टनका सवारी चलिरहेका छन्, तर भविष्यलाई ध्यानमा राखेर हामीले उच्च क्षमताको उत्पादन गरेका हौँ ।”


IMG_2329

झापाका अधिकांश स्थानीय तहले पछिल्लो समय पूर्वाधार निर्माणमा एनएस प्राप्त इन्टरलकिङ पेभर्सको प्रयोग बढाएका छन् ।

टिकाउ विकासतर्फ जनप्रतिनिधि र उपभोक्ताको सोच उन्मुख हुँदै जानु यसको प्रमुख कारण मानिन्छ ।

पाँच वर्षको ग्यारेन्टी, दीर्घकालीन भरोसा उपभोक्ता समितिमार्फत होस् वा ठेक्कामा निर्माण गरिएको सडक — विल्डकनले आफ्ना उत्पादनमा पाँच वर्षको ग्यारेन्टी दिने गरेको छ । 


गट्टानी भन्छन्—“सामान्यतया ११ महिनाभित्र टुटफुट भए मर्मतको व्यवस्था हुन्छ,तर हामी पाँच वर्षसम्म जिम्मेवारी लिन्छौँ ।”

उद्योगले उत्पादन गरेको पेभर्स प्रयोग गरिएको सडकमा कुनै समस्या आएमा खबर पाउनासाथ कर्मचारी पठाएर मर्मत गरिने दाबी पनि उनी गर्छन् । 

विल्डकन इन्डष्ट्रिजले हाल प्रत्यक्ष रूपमा करिब ३५० जनालाई रोजगारी दिएको छ । यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै उद्योगप्रति जनविश्वास पनि बढाएको छ ।

नेपालभर हाल एनएस प्राप्त करिब १२ वटा इन्टरलकिङ टायल्स तथा पेभर्स उद्योग सञ्चालनमा रहेको बताइन्छ । उपभोक्ता सचेतनासँगै छिटो होइन, टिकाउ विकासको खोजी बढ्दै गएको उद्योग सञ्चालकहरूको निष्कर्ष छ ।

गाउँ–गाउँमा गुणस्तरीय सडक विस्तार हुँदै जाँदा स्थानीयको दैनिकी सहज बन्दै गएको छ ।

बालबालिकाको विद्यालय यात्रा होस् वा कृषकको बजार पहुँच — टिकाउ सडकले जीवनशैलीमै सकारात्मक परिवर्तन ल्याएको छ ।

हिलो र धुलोको बाटोबाट टिकाउ सडकतर्फको यो यात्रा झापाबाट सुरु भए पनि, यसको प्रभाव विस्तारै देशभर फैलिँदै गएको देखिन्छ ।


एनएस मार्क प्राप्त इन्टरलकिङ पेभर्स अब केवल सडकको विकल्प होइन, गुणस्तरीय विकासको प्रतीक बन्दै गएको छ।