चन्द्रगढी (झापा),

 हाम्रो नेपाल साकोसले शेयर सदस्यको सुझाव, सहकारी क्षेत्रलाई लिएर नियमनकारी निकायबाट जारी निर्देशन र अनुगमनलाई संस्थागत सुधारको अवसरका रूपमा लिँदै बचत सुरक्षालाई उच्च प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

संस्थाको १३ औँ वार्षिक साधारण सभाअन्तर्गत सोमबार चन्द्रगढीमा सम्पन्न अन्तिम एकाइगत सभालाई सम्बोधन गर्दै उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले नियमनकारी निकायको निर्देशन र अनुगमन सहकारीलाई अनुशासित, पारदर्शी र उत्तरदायी बनाउने आधार भएको उल्लेख गर्नुभयो।

उहाँले सदस्यको बचत सुरक्षित राख्दै संस्थागत सुशासन र सेवा विस्तारमा संस्था दृढतापूर्वक लागेको स्पष्ट पार्नुभयो।

कार्यवाहक अध्यक्ष गौतमले शेयर सदस्यबाट प्राप्त सुझाव, लेखा परीक्षणका निष्कर्ष तथा नियमनकारी निकायको निर्देशनलाई कार्ययोजना बनाएर कार्यान्वयन गरिने जानकारी दिनुभयो। उहाँले वर्तमान आर्थिक अवस्थामा सहकारीमाथि बढ्दो विश्वास कायम राख्न पारदर्शिता, जोखिम व्यवस्थापन र सदस्यसँगको नियमित संवाद अपरिहार्य रहेको बताउनुभयो।


5429dfa8-fbbe-4e01-8f23-07ca1cd7c826सभामा प्रस्तुत वित्तीय विवरणअनुसार ३९ हजार १०५ सदस्य आबद्ध रहेको संस्थाको कुल कारोबार (वासलात) २ अर्ब ३७ करोड १४ लाख ३८ हजार ५१ रुपैयाँ पुगेको छ। संस्थाले १ अर्ब ७२ करोड ४१ लाख ९८ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९५ करोड १२ लाख २३ हजार रुपैयाँ ऋण लगानी गरेको छ।

संस्थाको शेयर पूँजी १८ करोड ५१ हजार ७०० रुपैयाँ रहेको छ भने समीक्षा अवधिमा १३ लाख ४९ हजार ७३५ रुपैयाँ सञ्चालन नाफा आर्जन भएको छ।

3cdd1e31-c124-461f-9362-6034ec7ebeba

सभामा सञ्चालक समितिको वार्षिक प्रगति प्रतिवेदन उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष गौतमले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक अर्जुन लामाले तथा ऋण उपसमितिको प्रतिवेदन संयोजक तुलसीराम गौतमले प्रस्तुत गर्नुभयो। सभामा चन्द्रगढी सेवाकेन्द्र प्रमुख रेनुका प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो।

1संस्थाका व्यवस्थापक सरोज दाहालका अनुसार १३ औँ वार्षिक साधारण सभाअन्तर्गत सञ्चालन गरिएका सातवटै एकाइगत सभाहरू सम्पन्न भइसकेका छन्।

ती सभाबाट प्राप्त सुझाव समेटेर आगामी पुस १० गते बिर्तामोडस्थित आदर्श ब्याङ्केटमा अन्तिम माइन्युट प्रमाणीकरण सभा सम्पन्न गरी साधारण सभाको औपचारिक समापन गरिने संस्थाले जनाएको छ।