बिर्तामोड । सडन डेथमा बिर्तामोड-६ लाई हराउँदै बिर्तामोड-१० सहिद नेत्र पार्क खेलमैदानमा आयोजित दोस्रो नगरस्तरीय नकआउट भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ५० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । टाईब्रेकरमा पनि खेल ४-४ को बराबरी भएको थियो ।

IMG_3242त्यसपछि भएको सडन डेथमा बिर्तामोड-१० का नगेन श्रेष्ठले गोल गरे भने बिर्तामोड-६ का उज्जवल भटराईको प्रहार बारमा लागेर बाहिरिएको थियो । 

खेलको सुरुवातमै १० ले उपहार मार्फत गोलको खाता खोलेको थियो । तथ्यांक ६ ले लगातार दुई गोल गर्यो । ६ का प्रविन राई र बालकुमार राईले गोल गरेर खेलको नतिजा २-१ मा पुर्याए ।

खेलको केही सेकेण्ड बाँकी रहदा गणेश कटवालले १० का लागि गोल गरेपछि खेल पेनाल्टी तर्फ धकेलिएको थियो । 

IMG_3231

पेनाल्टीमा १० का प्रवेश कटवाल गोल गर्नबाट चुके भने सन्तोष गुरुङ, दिलेन लोक्ताम, गणेश कटवाल र  सन्तोष गुरुङले गोल गर्न सफल भएका थिए । 

६ का प्रविन राई, बालकुमार राई, आशिष वन र असित तामाङको प्रहारले जाली चुम्यो । श्याम बहादुर राईको प्रहार बाहिरियो । 

IMG_3168

खेलको प्लेयर अफ द म्याच  १० का गोल किपर सन्तोष गुरुङ भए । उनले नगद १ हजार ५ सय रुपैया पुरस्कार पाए । शुक्रबारको अर्को सेमिफाइनल खेल बिर्तामोड-५ र बिर्तामोड-३ बीच हुने छ ।