झापा ।
फोटो पत्रकार समूह झापा शाखाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित फोटो प्रदर्शनी तथा प्रतियोगिताको आयोजना गर्ने भएको छ। समूहले आज झापाको मेचीनगरस्थित कालिका सिमसारमा सम्पन्न विस्तारित बैठकमार्फत उक्त निर्णय गरेको हो।
फोटो पत्रकार समूह झापा शाखाका अध्यक्ष नेत्र बिमलीको अध्यक्षतामा सम्पन्न बैठकमा कोशी प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री एकराज कार्की प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।
बैठकले आगामी माघ महिनाको अन्तिम हप्तामा फोटो प्रदर्शनी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको अध्यक्ष बिमलीले जानकारी दिनुभयो।

फोटो पत्रकार समूहमा नेपालभरिका करिब ६० प्रतिशतभन्दा बढी फोटो पत्रकारहरू आबद्ध रहेको जनाउँदै अध्यक्ष बिमलीले केही समयअघि मात्र झापामा गठन भएको समूहले फोटो प्रदर्शनीसँगै फोटो पत्रकार तालिमसमेत सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो।
उक्त प्रस्तावलाई विस्तारित बैठकले अनुमोदन गरेको हो। पर्यटन क्षेत्रको विकास तथा प्रचार–प्रसारमा टेवा पुर्याउने उद्देश्यले बैठक तथा छलफल कार्यक्रमसमेत पर्यटकीय स्थल कालिका सिमसारमा आयोजना गरिएको अध्यक्ष बिमलीले स्पष्ट पार्नुभयो।
फोटो पत्रकार समूहमा नेपालभरिका करिब ८० प्रतिशतभन्दा बढी फोटो पत्रकारहरू आबद्ध रहेको जनाउँदै अध्यक्ष बिमलीले केही समयअघि मात्र झापामा गठन भएको समूहले फोटो प्रदर्शनीसँगै फोटो पत्रकार तालिमसमेत सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो।
बैठकमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष सुव्रत न्यौपाने, सल्लाहकार सदस्यहरू, कार्यसमिति सदस्यहरू तथा अन्य फोटो पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले फोटो पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाबारे समेत धारणा राखेका थिए।
बालबालिका तथा शिक्षा समाज झापाका अध्यक्ष तथा राष्ट्रिय फोटो पत्रकार समूह झापाका सल्लाहकार सदस्य सरोज पौडेलले फोटो प्रदर्शनी लाई सफल बनाउन सहजकर्ताको भुमिका खेल्न सदैव तयार रहेको बताउनुभयो ।
कार्यक्रममा फोटो पत्रकार समूह झापा शाखाका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपाने, शब्दपत्र डट कमका सञ्चालक तथा सल्लाहकार उद्धव पुरी, सल्लाहकार सरोज पौडेल, समूहका उपाध्यक्ष सन्तोष न्यौपाने, कोषाध्यक्ष कवि गुरागाईं, सदस्यहरू देव बाँस्कोटा र हेमन्त मैनाली तथा आमन्त्रित अतिथिका रूपमा पर्यटन पत्रकार मञ्च झापाका कोषाध्यक्ष प्रकाश बानियाको उपस्थिति रहेको थियो।
बैठकको सहजीकरण फोटो पत्रकार समूह झापाका सचिव भरत प्रसाईले गर्नुभएको थियो।














