बिर्तामोड।  झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमबीच ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा गरिएको छ ।
IMG_4122

आयोजित एक कार्यक्रमबीच ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा गरिएको छ  ।

‘रिडर्स अभियान, नेपाल’, ‘अभियानका लागि अभियन्ता’, ‘वीरता रिडर्स’, ‘झापाली साहित्य समाज’ को आयोजना तथा ईशा बुक्स सेन्टर बिर्तामोड र मिडिया रिसर्च सेन्टरको संयोजनमा  होटल हेवन ग्रान्ड विर्तामोडमा  ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा  गरिएको हो । 

‘अभियानका लागि अभियन्ता’का अध्यक्ष प्रकाश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरी तथा पत्रकार–लेखक केदार शर्माले ‘पठन संस्कृति वर्ष – २०२६’को  व्यानर उघारेर घोषणा गरेका थिए।

 कार्यक्रमका सहसंयोजक ईशा बुक्स सेन्टर बिर्तामोडका सञ्चालक केशव मैनालीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा पत्रकार  तथा लेखक तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’  र उपन्यासकार हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’ को   लोकार्पण  गरिएको थियो ।
ती कृतिको  परमानन्द मिश्र, दुर्गा राजवंशी, प्रेमसागर खनाल, कुलप्रसाद नेउपाने, दयानन्द गोस्वामी , साहित्यकारहरु पुण्यप्रसाद खरेल, केशव आचार्य तथा तारा राईलगायतले लोकार्पण गरेका थिए।


IMG_4048

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै लेखक तीर्थ सिग्देलले सन् २०२६ लाई पठन संस्कृति वर्षका रूपमा मनाउन सामाजिक स्तरबाट अभियान सुरु गरिएको र यसलाई सरकारी कार्यक्रमका रूपमा अघि बढाउन सरकारसमक्ष ज्ञापन पत्रमार्फत आग्रह गरिने बताए ।

IMG_4054

उनका अनुसार पठन संस्कृतिको विकासका लागि संघसंस्था, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थीहरूलाई लक्षित गर्दै सन्देशमूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

605788403_1518525662970339_7704371394991245544_nअभियानअन्तर्गत सबै संघसंस्थासँग सहकार्य गरी विभिन्न सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने, स्थानीय तहसहित सरोकारवाला संस्थाहरूको सहभागितामा शैक्षिक सरोकार समिति गठन गर्ने तथा समाजमा पठन संस्कृतिको प्रभाव विस्तार गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कार्यक्रम अघि स्रष्टाहरु गीता सुवेदी नेपाल, दीपा दाहाल, राजेश ढुङ्गाना, सुनीता तामाङ, मायामितु नेउपाने, रञ्जिता खड्का, केशव आचार्य, भगवती ढुङ्गेल, हरिनारायण भट्टराई, डिल्लीरमण नेपाल, कृष्ण बराल, तुलसीप्रसाद भट्टराई, दुर्गाप्रसाद सिग्देल, केदार शर्मा, रश्मिशेखर सुवेदी, लीला अनमोल, राजकुमार विश्वकर्मा, पुण्यप्रसाद खरेल, कृष्णप्रसाद मिश्र, रेखा सापकोटा, नमुना निरौला दाहाल, दीपेन्द्र आचार्य, लक्ष्मी अच्युत ढुङ्गाना तथा पुष्प शाहलगायतले आफ्ना रचना सुनाएका थिए ।

IMG_4112

कार्यक्रममा सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले झापामा रहेका अस्पतालहरूमा कुरुवाका लागि पुस्तक पढ्ने स्थानको व्यवस्था हुनुपर्ने बताए ।

साहित्य, कला र संस्कृतिलाई समेट्ने कार्यक्रमका लागि एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्न अभियान चलाउनुपर्ने उनको सुझाव थियो ।

साथै, हरेक कार्यक्रममा मायाको चिनोका रूपमा पुस्तक उपहार दिने, बच्चाको मुख हेर्न जाँदा पुस्तक लैजाने र यात्रामा पुस्तक बोक्ने संस्कृतिलाई फेशनका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए ।


 सहकारी तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले अभियानको महत्व, अभियान कसरी कसरी संचालन गर्न सकिन्छ, के के व्यवधान आउन सक्छन्, अभियानलाई सफल पार्न के के कुरामा विशेष ध्यान दिनुपर्छ ? भन्ने बारे र  पत्रकार–लेखक केदार शर्माले पुस्तकको महत्व, पुस्तक पढ्नुको महत्व, पुस्तक पढेर आलोचनात्मक चेतको विकास गर्ने र सृजनात्मक उपयोग गर्ने बारे तथा पुस्तक पढन्तामा जाग्नसक्ने अहं र त्यसलाई जित्नुपर्ने बारे र पुस्तक पढ्ने संस्कृति विकास गर्न कस्ता कस्ता काम गर्न मनासिव हुन्छ भन्ने  विषयमा धारणा राखेका थिए ।

IMG_4120

कार्यक्रममा  वरिष्ठ अधिवक्ता   लीला उदासीले तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’को विशेषता, त्यस कृतिले उठाएको ऐतिहासिकता, पुस्तकले दिने ज्ञान र सन्देश तथा यसका सीमाहरुका बारे , विवेचना प्रस्तुत गरे भने सामाजिक अभियन्ता तथा लेखक केदार शर्माले पठन संस्कृतिले समाजमा पार्ने सकारात्मक प्रभावबारे धारणा राखे ।

pathanअभियानका लागि अभियान्ता, वीरता रिडर्स, रिडर्स अभियान नेपाल र झापाली साहित्य समाजको आयोजनामा भएको कार्यक्रमको संयोजन इशा बुक्स सेन्टर, मिडिया रिसर्च सेन्टर तथा सहकार्य न्यूटन्स एजुकेशन एकेडेमीले गरेको थियो ।

IMG_4105

कार्यक्रममा झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शैक्षिक प्रतिष्ठान, वित्तीय संस्था, सामाजिक व्यक्तित्व तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहेको थियो । सोही अवसरमा गीत, कविता र गजल वाचनलगायत साहित्यिक प्रस्तुतिहरू पनि गरिएको थियो ।