बिर्तामोड।  भरत प्रसाई , साहित्य चौतारी बिर्तामोड, झापाले कवि शिरोमणि लेखनाथ पौडेल जयन्ती, तमु लोसार पर्व, खिचडी दिवस तथा विश्व नेपाली टोपी दिवसको अवसरमा मासिक सांगीतिक काव्य सभासहित शुभकामना आदान–प्रदान कार्यक्रम  सम्पन्न गरेको छ।

2
कार्यक्रम साहित्य चौतारी झापाका संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने झापाका अग्रज साहित्यकार, पूर्व प्रधानाध्यापक, पूर्व क्याम्पस प्रमुख तथा पूर्व स्रोतव्यक्ति मोहनप्रसाद ओली प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो।

प्रमुख अतिथि शिक्षासेवी मोहनप्रसाद ओलीले व्यानर वाचन तथा कवि शिरोमणि लेखनाथ पौड्यालको तस्विरमा माल्यार्पण गरी सुरु भएको कार्यक्रममा  संस्थाका सल्लाहकार  तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश सल्लाहकार संयोजक अनिरुद्र ओलीले राष्ट्रकवि माधव घिमिरेको रचना र नातीकाजीको सङ्गीत रहेको ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे ’ बोलको गीत गाएर साङ्गीतिक कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । 

IMG_4467
कार्यक्रमको स्वागत मन्तव्य साहित्य चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङले राख्नुभएको थियो भने कार्यक्रमको औचित्यमाथि संस्थाका अध्यक्ष देवीभक्त श्रेष्ठले प्रकाश पार्नुभएको थियो।
अध्यक्ष श्रेष्ठले अङ्ग्रेजी नयाँ वर्ष २०२६ ले सबैको जीवनमा उज्यालो, उन्नति र प्रगति ल्याओस् भन्ने शुभकामना व्यक्त गर्दै नेपाली पहिचानको प्रतीक टोपी दिवसलाई सामुदायिक सद्भावसँग जोड्दै सामाजिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो।

कार्यक्रममा सप्तक संगीत विद्यालयका सञ्चालक सरोज बत्सले राष्ट्रिय भावना र नेपाली पहिचान झल्कने सांगीतिक कोसेली प्रस्तुत गर्नुभयो।

लोकगायक तथा साहित्य चौतारी झापाका सल्लाहकार  अनीरुद्र ओलीले पनि आफ्ना गीतमार्फत कार्यक्रमलाई थप जीवन्त बनाउनुभयो।

IMG_4540
साहित्य चौतारी झापाका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष साहित्यकार केशव आचार्यले साहित्य चौतारीले धेरै प्रतिभाहरूलाई राष्ट्रिय स्तरसम्म चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै सानातिना कमजोरी सुधार गर्दै संस्था अझ सृजनशील  बन्नुपर्नेमा विश्वास व्यक्त गर्नुभयो।

IMG_4540
कार्यक्रममा साहित्यकार तथा शिक्षक डीबी शर्माले खिचडी दिवसको महत्वबारे चर्चा गर्दै नेपालीहरूले मनाउने विभिन्न दिवसहरूले नेपाली पहिचान, अस्तित्व र सांस्कृतिक विविधतालाई विश्व समुदायसमक्ष चिनाउन सहयोग पुगेको बताउनुभयो।

साहित्य चौतारीका सल्लाहकार संयोजक राजेन्द्र संग्रौलाले संस्थाले निरन्तर रूपमा स्रष्टा–सर्जकलाई एउटै मञ्चमा भेला गराई उनीहरूको सिर्जनात्मक प्रतिभा प्रस्फुटनको अवसर दिँदै आएको उल्लेख गर्दै सानातिना कमी कमजोरीमा अल्झिनुभन्दा सकारात्मक सोचका साथ अघि बढ्न सबैलाई आग्रह गर्नुभयो।

1
अग्रज पत्रकार तथा साहित्यकार लीला अनमोलले ‘माथिमाथि लेकमा’ बोलको गीत प्रस्तुत गर्दै कार्यक्रमलाई अर्कै उचाइमा पुर्‍याउनुभयो।

आर्ट स्टुडियोको तर्फबाट प्रस्तुत नौमती बाजाले नेपाली मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको थियो।

कार्यक्रममा साहित्य चौतारी झापाका पूर्व अध्यक्ष, संगीतकार तथा सर्जक अस्त परियारले पनि आफ्ना धारणा राख्दै साहित्य चौतारीले सधैं स्रष्टा र सर्जकहरूलाई माया गर्ने, अवसर दिने र सम्मान गर्ने संस्था भएको बताउनुभयो।
4578
उहाँले यस्ता सिर्जनात्मक संस्थाले साहित्यिक वातावरण निर्माणमा खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

खिचडी दिवसको अवसरमा कार्यक्रम सहभागी अतिथिहरूलाई साहित्य चौतारीले खिर मिष्ठान्न भोजनसमेत गराएको थियो।

कार्यक्रममा बोल्दै सामाजिक व्यक्तित्व तथा चलचित्रकर्मी राजकुमार पोखरेलले साहित्य चौतारीले विगत २५ वर्षदेखि झापा मात्र होइन,नेपाल तथा भारतका विभिन्न जिल्लामा रहेका प्रतिभाहरूको खोजी गरी उनीहरूलाई सम्मान र अवसर प्रदान गर्दै आएको बताउनुभयो।
IMG_4505
उहाँले आज सफल पत्रकार तथा साहित्यकारका रूपमा स्थापित लीला अनमोल, टीका प्रसाईं र रमेश प्रसाईंलाई प्रारम्भिक चरणमा मञ्च प्रदान गर्ने काम साहित्य चौतारीले नै गरेको स्मरण गर्नुभयो।

प्रमुख अतिथि मोहनप्रसाद ओलीले आफूले केही वर्षअघि मात्र साहित्य चौतारीबारे जानकारी पाएको उल्लेख गर्दै यो संस्था प्रतिभा उत्पादन गर्ने विशाल वृक्षजस्तै रहेको अनुभूति भएको बताउनुभयो।
IMG_4499
टोपी नेपाली पहिचानको प्रतीक भएकाले यसलाई दिवसकै रूपमा मनाई आउँदो पुस्तामा हस्तान्तरण गर्दै लैजानु सांस्कृतिक संरक्षणका लागि आवश्यक रहेको उहाँको धारणा थियो।


विशिष्ट अतिथि आख्यानकार तथा साहित्यकार पुण्यप्रसाद खरेलले खिचडी दिवसलाई दिवसकै रूपमा मनाइरहन आवश्यक नपर्ने फरक तर्क प्रस्तुत गर्दै कवि शिरोमणि लेखनाथ पौडेल नेपालकै पहिलो सम्मानित साहित्यिक स्रष्टा भएको बताउनुभयो।

IMG_4440
लेखनाथ पौडेलजस्ता स्रष्टा कुनै–कुनै पुस्ताले मात्र पाउने सौभाग्य भएको उहाँको भनाइ थियो।

मासिक सांगीतिक काव्य सभामा सप्तक संगीत विद्यालयका साना भाइबहिनीहरूले सांगीतिक प्रस्तुति दिएका थिए भने स्रष्टा–सर्जकहरूले आफ्ना रचनाहरू वाचन गरेका थिए।

साहित्यकार विनोद खनालले पूर्वीय साहित्य दर्शन, खिचडी दिवस र लेखनाथ जयन्तीका सन्दर्भमा विचार प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा लोकगायक, साहित्यकार,शिक्षक, संगीतकार, लेखक,कलाकार तथा सामाजिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

IMG_4515
कार्यक्रमको सञ्चालन साहित्य चौतारी विर्तामोड झापा नेपाल तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाले  गर्नुभएको थियो ।