बिर्तामोड ।

उर्जा मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उदेश्यले स्थापना गरिएको झापा इनर्जी लिमिटेड कम्पनीको सातौं बार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ ।

कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बुको अध्यक्षतामा आज (शुक्रवार) साधारणसभा सम्पन्न भएको हो ।

२०७५ साल असोज १६ गते झापा इनर्जी लिमिटेड कम्पनीको स्थापना भएको थियो । झापाको शिवसताक्षी–४ स्थित बुलुचोकमा १० मेघा वाटको सौर्य उर्जा अर्थात सोलार परियोजनाको निर्माण कार्यका लागि २०७८ मंसीर १२ गते झापा इनर्जी र नेपाल बिद्युत प्राधिकरणबिच बिद्युत खरिद बिक्री गर्ने सम्झौता भएको थियो ।

608528514_1521561109333461_3785838235193747471_nझापा इनर्जीले शिवसताक्षी–४ मा १० बिघा १७ कठ्ठा १८.५ धुर जग्गा र झापा इनर्जीको शतप्रतिशत स्वामित्व रहेको झापा एग्रो इन्डिष्ट्रिज प्रालिको नाममा रहेको १० बिगा ११ कठ्ठा १३ धुर गरी जम्मा २१ बिघा ११ कठ्ठा ९.५ धुर जग्गा खरिद गरेर आयोजना निर्माण कार्य शुरु गरेको थियो ।


२०८० माघ १० गतेदेखि नेपाल बिद्युत प्राधिकरणबाट व्यवसायीक उत्पादन शुरु गरी उत्पादित बिद्युत शक्ति बिक्री गर्दै आइरहेको प्रवन्ध सञ्चालक सुवास भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार आयोजनाबाट उत्पादन भएको बिद्युत ३३ केभी सिङ्गल सर्किट प्रशारण लाइन मार्फत दमक बितरण केन्द्र अन्तरगतको बुलुचोक शव स्टेशनमा लगी राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ ।

605821686_1521561079333464_8962433106458908127_n
आयोजनाले आर्थिक बर्ष ०८१÷०८२ मा १ करोड २४ लाख ८५ हजार ६० युनिट बिद्युत नेपाल प्राधिकरणलाई बिक्री गरी ९ करोड १० लाख ५९ हजार ४७५ रुपैयाँ बराबरको आम्दानी गरेको छ । त्यसैगरी २०८२ साउन १ गतेदेखि मंसीर मसान्तसम्ममा ६५ लाख २१ हजार २६० युनिक बिद्युत उत्पादन गरी ४ करोड ७० लाख ९३ हजार ४७९ रुपैयाँ आम्दानी गर्न सफल भएको अध्यक्ष साँवाद्धारा सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

बिर्तामोडमा कार्यालय रहेको झापा इनर्जीले पहिलो पटक ९ लाख ५० हजार ४७५ किता आइपिओ निश्काशन गरेको थियो ।

जस मध्ये ३ लाख ८० हजार १९० किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय, विदेशमा भएकाका लागि ५७ हजार २९ किता, ११ हजार ४०६ किता कम्पनीका कर्मचारीलाई र बाँकि ४ लाख ७३ हजार ३३६ किता सर्वसाधारणका लागि शेयर निश्कासन गरेको अध्यक्ष साँवाद्धार प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

स्वागत तथा औचित्यमाथि प्रकाश कम्पनीकी सञ्चालक तथा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेको कार्यक्रममा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सहजीकरण कम्पनीका प्रवन्धक सञ्चालक सुवास भट्टराईले गरेका थिए ।

कार्यक्रममा कम्पनीका सञ्चालक द्धिराज शर्मा शिवाकोटी, रामचन्द्र उप्रेती, नरहरी फुयाँल, दिपेन्द्र प्रसाई, कम्पनीका महाप्रवन्धक सरोज श्रेष्ठ, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरी, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको आतिथ्य रहेको थियो भने शेयर सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।