मेचीनगर, झापा १९ पुस, २०८२

​झापाको मेचीनगरस्थित नमूना विद्यालय श्री बाल सुबोधिनी माध्यमिक विद्यालयमा आज एक भव्य साहित्यिक समारोहका बीच ‘अनुजदेखि अग्रजसम्म’ बृहत् कविता वाचन कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको ‘पहिलो पाइला साहित्य मञ्च’ द्वारा आयोजित उक्त कार्यक्रममा झापाका स्थापित साहित्यकारदेखि उदाउँदा विद्यार्थी सर्जकहरूले आफ्ना रचना प्रस्तुत गरेका थिए ।

​वरिष्ठ साहित्यकारहरू केशब आचार्य र टंक बिकल्पको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता पहिलो पाइला साहित्य मञ्चका अध्यक्ष एवं विद्यालयका छात्र अभिषेक आचार्यले गर्नुभएको थियो। कार्यक्रममा झापाली साहित्य समाजका प्रखर व्यक्तित्वहरूका साथै  विद्यालयका विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

​साहित्यिक माहौलमा झुमेको उक्त कार्यक्रममा झापाली साहित्यका नक्षत्रहरूस्​कान्छो भूपेन्द्र आचार्य

​हरि बराल अध्यक्ष, झापाली साहित्य समाज,​विवेक निशानी आचार्य ,प्रचुर अभाव, ​लीला अनमोल ,साहित्यकार एवं सञ्चालिका, रेडियो विराट,​ झापाली प्रकाश ,पवन ढुङ्गेल, रमेश नेपाल, तुलसी मिश्र, संगीता कोइराला, र हरि ढकाल ​लगायतले आफ्ना गहकिला र समसामयिक रचनाहरू वाचन गर्नुभएको थियो।

​त्यसैगरी, विद्यार्थीहरूको तर्फबाट नतिजा घिमिरे, करिश्मा राजवंशी, उषा लिम्बु, नम्रता खड्का, विनिता पौडेल, योगेश फुयाल, अनुष्का ढुङ्गाना, आरोही तिमिल्सिना, नम्रता मिश्र, सरस्वती सुवेदी, र आर्सि खनाल लगायतले आफ्ना सुन्दर कविताहरू प्रस्तुत गरेका थिए।

​कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री बिश्व थापाले स्वागत तथा शुभकामना मन्तव्य राख्दै विद्यालयको शैक्षिक र साहित्यिक गतिविधिबारे प्रकाश पार्नुभएको थियो। यस्तै, मञ्चका परिकल्पनाकार एवं विद्यालयका पूर्व विद्यार्थी कान्छो भूपेन्द्र आचार्यले पहिलो पाइला साहित्य मञ्चको उद्देश्य र आवश्यकतामाथि चर्चा गर्नुभयो।

​कार्यक्रममा पत्रकार टेकेन्द्र ढकालको पनि विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण तथा सञ्चालन पहिलो पाइला साहित्य मञ्चका संरक्षक एवं विद्यालयका शिक्षक श्री पदम मिश्रले गर्नुभएको थियो।