झापा । मेची–महाकाली बुहारी संयुक्त आवाज झापा जिल्लाकी कोषाध्यक्ष सीता श्रेष्ठले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै दिपिनी आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गर्नुभएको छ।

ठूला होटल तथा औपचारिक समारोहमा जन्मोत्सव मनाउने परम्पराभन्दा फरक बाटो रोज्दै, कठ्याङ्ग्रिदो जाडोमा साना भाइबहिनीहरूलाई न्यानो कपडा प्रदान गर्दा जन्मदिन अझ सार्थक हुने ठानी उहाँले यो कार्य गर्नुभएको हो। उहाँको यो मानवीय कदमले सामाजिक उत्तरदायित्व र सेवाभावको उदाहरण प्रस्तुत गरेको छ।

कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाजकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

त्यस्तै, शेषकुमार निरौला, सपना कार्की, झापा जिल्ला सह–संयोजक रोशनी खनाल अधिकारी, झापा जिल्ला सचिव रिना राई, दमक उपसाखाकी सचिव सुमन भुर्तेल तथा सीता अधिकारी तिम्सिनाको विशेष उपस्थिति रहेको थियो।

साथै, जिल्ला कार्यसमितिका पदाधिकारीहरू जुन भट्टराई, सीता तिम्सिना, चन्दा उप्रेती  लगायतको सहभागिता थियो।

कार्यक्रममा दिपिनी आधारभूत विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाले चिसो मौसममा विद्यार्थीहरूका लागि स्विटर वितरणजस्तो सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा संस्था सक्रिय भएकोमा धन्यवाद व्यक्त गर्दै कोषाध्यक्ष सीता श्रेष्ठलाई जन्मदिनको हार्दिक शुभकामना दिनुभयो।

collage (1) 2

उहाँले यस्ता सहयोगी हातहरूको कारण विद्यालयले निरन्तर सहयोग पाउँदै आएको उल्लेख गर्दै मेची–महाकाली बुहारी संयुक्त आवाजले विपन्न तथा दुःखीहरूको जीवनमा आशाको उज्यालो छर्ने कार्य गर्दै आएकोमा प्रशंसा गर्नुभयो।

स्विटर वितरणपछि खुसी देखिएका बालबालिकाको मुस्कानले कार्यक्रमलाई अझ भावुक बनाएको थियो। यस अवसरमा जिल्ला कोषाध्यक्ष सीता श्रेष्ठले सानासाना भाइबहिनीहरूसँग आफ्नो जीवनको खुसी साट्न पाउँदा आफू अत्यन्तै हर्षित भएको बताउँदै, आफ्नो सानो सहयोगले केही समयका लागि भए पनि उनीहरूका अनुहारमा मुस्कान ल्याउन सके जन्मदिन सफल भएको महसुस हुने बताउनुभयो।

कार्यक्रमकी अध्यक्ष तथा झापा जिल्ला संयोजक गंगा भट्टराईले श्रेष्ठलाई जन्मदिनको विशेष शुभकामना अर्पण गर्दै कार्यसमितिमा उहाँजस्तो सक्रिय, लगनशील र जिम्मेवार सहयात्री पाएकोमा गर्व लागेको धारणा व्यक्त गर्नुभयो।

मेची–महाकाली बुहारी संयुक्त आवाजले देशका विभिन्न स्थानमा यस्ता सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म मुलुकभर ५६ भन्दा बढी स्थानमा आफ्नो संगठन विस्तार गरिसकेको यस संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणका क्षेत्रमा विविध कार्यक्रममार्फत उल्लेखनीय योगदान दिँदै आएको छ।

कार्यक्रमको सञ्चालन  सह– कोषध्यक्ष  सिता अधिकारी तिम्सिना  गर्नुभएको थियो।