बिर्तामोड ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले संसद पुनस्र्थापना हुन सक्ने आधार बलियो रहेको संकेत गर्नुभएको छ।

मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद विघटन संविधानको मर्मविपरीत भएको दाबी गर्दै यसले संवैधानिक प्रणालीलाई गम्भीर संकटतर्फ धकेलेको बताउनुभयो।

उहाँले संविधानलाई जबर्जस्ती मार्गबाहिर लैजाने प्रयास गरिएको भन्दै यस विषयमा अन्तिम निर्णय अदालतबाटै आउने उल्लेख गर्नुभयो।

 जनहितमा जारी

1768301081-SZCn7-1

सभामुख घिमिरेले आफू संवैधानिक दायित्वअनुसार आगामी फागुन ५ गतेसम्म सभामुखको जिम्मेवारीमा रहनुपर्ने स्पष्ट पार्दै हाल त्यसैअनुसार काम गरिरहेको जानकारी दिनुभयो।

पदीय मर्यादा र जिम्मेवारीका कारण आगामी निर्वाचनमा सहभागी हुने–नहुने विषयमा अहिले कुनै निर्णय लिन नसकिने पनि उहाँले प्रस्ट्याउनुभयो।

उहाँले राजनीतिक अस्थिरताको अन्त्य संविधान र कानूनको सही कार्यान्वयनबाट मात्र सम्भव हुने भन्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गर्नुभयो।