बुद्धशान्ति। पवन ढकाल, समाज रूपान्तरणको आधार व्यक्तिगत चेतनाबाट सुरु हुने सन्देशसहित बर्ने युथ क्लबको आयोजनामा सरसफाइ तथा जनजागरण अभियान आज माघ १० गते बुद्धशान्ति गाउँपालिका–४ मा सफलतापूर्वक सम्पन्न भएको छ।
अभियान सुरु हुनुअघि आयोजित औपचारिक कार्यक्रम क्लबका उपाध्यक्ष अमर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सचिव विशाल ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गर्दै अभियानको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रमको उद्घाटन सशस्त्र प्रहरी बल बेस क्याम्पका प्रमुख केदार श्रेष्ठले शुभकामना मन्तव्यसहित गरेका थिए। उनले समाज सुधारका लागि युवाहरूको सक्रिय भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

सरसफाइ अभियानअन्तर्गत बर्ने पिपलचोक, सडक क्षेत्र, मन्दिर चोक, सिद्धार्थ बौद्ध गुम्बा, किरातेश्वर मन्दिर, मानव धर्म सेवा मन्दिर परिसर हुँदै हापेन चोकसम्मका सार्वजनिक स्थानहरू सरसफाइ गरिएको थियो।
अभियानमा वडा नं. ४ का जनप्रतिनिधि तथा कार्यपालिका सदस्य दुर्गा पोखरेल ढुङ्गेल, इलाका प्रहरी कार्यालय बुधबारे, श्री मावि बर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रकुमार भुर्तेल, सहायक प्रधानाध्यापक भोजराज कार्की, शिक्षक शान्तिराम पौडेलसहित विद्यार्थीहरू, मुनामदन एकेडेमीका प्रिन्सिपल चेतन ढुङ्गेल, ब्राइट फ्युचर अंग्रेजी स्कूलका विद्यार्थीहरू तथा विभिन्न सामाजिक, धार्मिक संघसंस्थाका प्रतिनिधि र स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
यसअघि पनि बर्ने युथ क्लबले खेलाडीहरूलाई खेलकुद सामग्री वितरण, विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरणलगायत सामाजिक कार्यहरू गर्दै आएको जनाएको छ। भर्खरै स्थापना भएपनि क्लबले छोटो समयमै समाजसेवामा सक्रिय उपस्थिति जनाएको छ।
क्लबको नेतृत्व अध्यक्ष सुमन घिमिरेले गरिरहेका छन् भने उपाध्यक्ष अमर श्रेष्ठ, सचिव विशाल ढुङ्गेल, सहसचिव रबिन आचार्य, कोषाध्यक्ष जय नारायण खतिवडा रहेका छन्।
सदस्यहरूमा प्रकाश लावती, भावेश पौडेल, सनिल मगर, राज गौतम, जीवन भट्टराई, मुकेश नेपाल, रुद्र चापागाईं, विवस ढुङ्गेल, एलिन मगर र निसान मगर सक्रिय रहेका छन्।
सञ्चारकर्मी पवन ढकालले सञ्चालन गरेको कार्यक्रमको अन्त्यमा हापेन चोकस्थित सार्वजनिक शौचालय परिसरमा उपाध्यक्ष अमर श्रेष्ठले सबै सहभागीलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्ता सामाजिक तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।














