मेची–महाकाली बुहारी संयुक्त आवाज नेपाल झापा जिल्लाको आयोजनामा संस्थाकी झापा जिल्ला उपाध्यक्ष अम्बिका मैनालीको जन्मदिनको अवसर पारेर बिर्तामोड–५ स्थित ‘आफ्नो घर आश्रम नेपाल’मा अति आवश्यक सामग्री सहयोग गरिएको छ। संस्थाले करिब ८ हजार रुपैयाँ मूल्य बराबरको लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री आश्रमलाई हस्तान्तरण गरेको हो।

झापा जिल्ला अध्यक्ष गङ्गा भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मेची–महाकाली बुहारी संयुक्त आवाज नेपालकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

8255bae2-b218-438d-b489-5b9c9878b532कार्यक्रममा संस्थाकी झापा जिल्ला सहसंयोजक रोशनी खनाल अधिकारी, उपाध्यक्ष अम्बिका मैनाली, सहसचिव आर्जु  खतिवडा , सदस्य निर्मला नेपाललगायतको उपस्थिति रहेको थियो। त्यस्तै कार्यक्रममा राजेन्द्र खड्का, छविलाल शर्मा, खगेन्द्र खड्का, नरबहादुर रिजाल, राजन तामाङ, मन्जित कार्की, डोली बुद्धलाल टुङ, देवराज चौधरी, मिनकुमार राई, भोला आचार्यसहित आश्रममा आश्रित बालबालिकाहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा सामाजिक अभियन्ता विष्णु आचार्यले आफ्नो जन्मदिनका लागि ‘आफ्नो घर आश्रम नेपाल’ रोजिएकोमा मेची–महाकाली बुहारी संयुक्त आवाज नेपालप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

उहाँले संस्थाले बालबालिकाको बाँच्न पाउने अधिकार संरक्षणका लागि विभिन्न कालखण्डमा फरक–फरक सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको कुरा आफूले नजिकबाट अध्ययन गरेको बताउनुभयो।

30e6dae1-f3ec-4e80-a59e-2c1b96851cb7

साथै जन्मदिनको अवसरमा फजुल खर्चलाई निरुत्साहित गर्दै समाज रूपान्तरणका लागि प्रेरणादायी कदम चालिएको भन्दै संस्था तथा अम्बिका मैनालीको खुलेर प्रशंसा गर्नुभयो।

कार्यक्रममा बोल्दै मेची–महाकाली बुहारी संयुक्त आवाज नेपालकी केन्द्रीय अध्यक्ष चन्द्रकला काफ्लेले ठूला–ठूला होटलमा गएर जन्मदिन मनाउनुभन्दा सानो आवश्यकता भए पनि विपन्न, असहाय र दुःखीहरूको पीडा र आवश्यकता पूरा गर्नु नै साँचो अर्थमा पुण्यको काम भएको बताउनुभयो।

उहाँले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाले महिला, बालबालिका तथा सामाजिक रूपमा पछाडि पारिएका वर्गको हकहित, संरक्षण र सशक्तीकरणका लागि निरन्तर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रमको सञ्चालन संस्थकी झापा जिल्ला सह–संयोजक रोशनी खनालले गर्नुभएको थियो ।