बिर्तामोड । भरत प्रसाई, बिर्तामोडस्थित न्युटन्स एजुकेसन एकेडेमी र एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीले संयुक्त रूपमा ‘कारखाना दिन २०८२’ कार्यक्रम आयोजना गरेका छन्।

विद्यार्थीहरू अब विज्ञान पढेर मात्र होइन, गरेर पनि सिक्छन् भन्ने मूल नारासहित सञ्चालन गरिएको कार्यक्रममा कक्षा ५, ६ र ७ का विद्यार्थीहरूले विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक परियोजना र आविष्कार प्रस्तुत गरेका थिए।

IMG_7639

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै न्युटन्स एजुकेसन एकेडेमीका प्रधानाध्यापक देवेन्द्र हुमागाईले किताबी ज्ञानसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन कार्यक्रम आयोजना गरिएको बताउनुभयो।

IMG_7635

उहाँले शैक्षिक सत्र २०८३ देखि कारखाना शिक्षालाई अझ व्यवस्थित रूपमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

लघु विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले पाठ्यपुस्तकमा आधारित विज्ञानका अवधारणालाई व्यवहारमा उतार्दै ऊर्जा, प्रविधि र दैनिक जीवनसँग सम्बन्धित सामग्री प्रदर्शन गरेका थिए।

IMG_7602कारखाना शिक्षाको औचित्यमाथि युनिट लिडर डायना केसीले प्रकाश पार्नुभएको थियो।

न्युटन्स एकेडेमीका निर्देशक आशिष प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन प्रतिनिधिसभा सदस्य सोमनाथ पोर्तेलले गर्नुभएको थियो।

IMG_7631

अभिभावक, पत्रकार तथा स्थानीयको उल्लेख्य सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो। शिक्षिका पवित्रा पौडेलको सहजीकरणमा आयोजित कार्यक्रममा इभेन्ट कोअर्डिनेटर अनिल चाम्लिङले कारखाना शिक्षामार्फत विज्ञान विषयलाई व्यवहारिक रूपमा बुझ्न सकिने बताउनुभयो।