दमक । जीबीओ (GBO) ले जागृत बाल उद्धार केन्द्र नेपालमा आश्रय लिएर बसिरहेका १७ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेको छ। कापी, किताब, पेन, पेन्सिल लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो।


उक्त वितरण कार्यक्रम जीबीओ यूएसएका ““Diaspora Partnership and Foreign Affairs” ” पदमा कार्यरत भीम गुरुङ तथा जीबीओ नेपालका अध्यक्ष शिला उप्रेतीको उपस्थितिमा सम्पन्न भएको थियो।


 जनहितमा जारी

कार्यक्रमको उद्देश्य बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउनु र उनीहरूको उज्ज्वल भविष्य निर्माणमा टेवा दिनु रहेको बताइएको छ।

जागृत बाल उद्धार केन्द्र नेपालले जोखिममा परेका बालबालिकालाई उद्धार गरी संरक्षण र शिक्षा प्रदान गर्दै आएको संस्थाका कोषाध्यक्ष उर्जुन उप्रेतीले बताउनुभयो । 

। जीबीओले यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।