समाचार

झापाको कन्काई पुलमा फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

फागुन ५, २०८२ मा प्रकाशित
माेफसल अनलाइन
 
alt

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कन्काई पुलको पश्चिमी भागतर्फ आज बिहान बम जस्तो शंकास्पद वस्तु देखिएको थियो । चारालीस्थित नेपाली सेनाको अरिदमन गणबाट आएको बम डिस्पोजल टोलीले शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनका चालक तथा यात्रुहरूले पुलको नजिकै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । पुलको प्रवेशद्वारमै शंकास्पद वस्तु फेला परेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सो क्षेत्रमा सवारी साधनको आवतजावत रोक लगाएको थियो । जसका कारण पुलको पूर्व–पश्चिमतर्फ सवारी साधन जाम भएको थियो ।

शंकास्पद वस्तु कसले र किन राखेको भन्ने विषयमा केही खुल्न नसकेको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

  • ११७ पटक पढिएको
 बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन बालज्योती प्रतिष्ठानद्वारा देशविदेशका ९ स्रष्टा सम्मानित, भद्रपुर नगर गीत विमोचन

झापा, — झापाको भद्रपुर-९, पोकापाडास्थित श्री बालज्योती प्रतिष्ठान इङ्गलिस स ...

शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल

शैक्षिक क्षेत्रमा करिब तीन दशकबाट सक्रिय उत्तम खनाल बिर्तामोडबासीका लागि नय ...

बिर्तामोडमा जुुनियर जेसिज ट्रेनिङ सप्ताह सुरु बिर्तामोडमा जुुनियर जेसिज ट्रेनिङ सप्ताह सुरु

झापाको बिर्तामोडमा बिहिबारबाट जुनियर जेसिज  ट्रेनिङ सप्ताह सुरु भएको छ ...

  • श्री निर्मला मिडिया प्रा.लि द्वारा सञ्चालित माेफसल अनलाइन
  • कम्पनी दर्ता : ३१९६६८/०८०/०८१
  • सूचना विभाग दर्ता : ४७४०-२०८१/२०८२
  • बिर्तामोड १, झापा, इकम कलेजको पूर्वपट्टि
  • बिज्ञापन अनि समाचारका लागि : ९८१६०७९१०२
  • इमेल : [email protected]
  • सम्पर्क फाेन : ९८१६०७९१०२

हाम्रो टीम

  • प्रधान सम्पादक युवराज प्रसाईं
  • प्रबन्ध निर्देशक तथा समाचार प्रमुख भरतराज प्रसाईं
  • सल्लाहकार पवित्रा प्रसाईं, उमाकान्त खनाल, नगेन्द्र सिलवाल, निर्मला आचार्य
  • बिर्तामोड कार्यलय सहयाेगी ओम नारायण राजवंशी
  • कनकाई ब्युराे प्रमुख चन्द्र बस्ने
  • बुद्ध शान्ति ब्युरो प्रमुख पवन ढकाल

Copyright © 2023 / 2026 / Mofasalonline.com / All Rights Reserved.

Website by: Hash Tech Logic