आइसिसी टी-२० विश्वकपको सुपर-८ मा आज इंग्ल्याण्ड र पाकिस्तान खेल्दैछन्।

कोलम्बोको पल्लेकेले स्टेडियममा मंगलबार बेलुकी सवा ७ बजे इंग्ल्याण्ड र पाकिस्तान भिड्न लागेका हुन्।

सुपर-८ मा इंग्ल्याण्ड दोस्रो खेल खेल्दैछ। यसअघि उसले श्रीलंकालाई पराजित गरेको थियो।

पाकिस्तान भने पहिलो खेल खेल्दैछ।

 जनहितमा जारी

यसअघि न्युजिल्याण्ड विरूद्धको खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तानले अंक बाँडेको थियो।

त्यसकारण उसलाई आजको खेल जित्नैपर्ने दबाब छ।



इंग्ल्याण्डविरूद्ध जित निकाल्न सके पाकिस्तानको सेमिफाइनल सम्भावना प्रबल नै रहन्छ। इंग्ल्याण्ड विजयी भए उसको सेमिफाइनल पुग्ने पक्का हुनेछ।

सुपर-८ को समूह 'बी' इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन्। प्रत्येकले एक अर्कासँग खेलेपछि शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछ।