लिङ्कन  मन्टेश्वरी  विद्यालयले फागु पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा विशेष कार्यक्रम आयोजना गरेको छ।

बिर्तामोड नगरपालिका वडा नं. ३ मा रहेको विद्यालयले विद्यार्थी तथा अभिभावकहरूलाई फागु पर्वको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे जानकारी गराउँदै रङहरूको अर्थ र सन्देशका विषयमा सचेतना फैलाएको हो।

कार्यक्रममा विद्यालयका सञ्चालक सरोज पौडेलले फागु पर्वले आपसी सद्भाव, भाइचारा र एकताको भावना सुदृढ बनाउने उल्लेख गर्दै यस्ता चाडपर्वले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।

उनले विद्यार्थीहरूलाई नेपाली संस्कृति र परम्पराको संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह समेत गरे।

विद्यालयले आयोजना गरेको कार्यक्रममा विद्यार्थीहरूले फागु पर्वसम्बन्धी सांस्कृतिक नृत्य तथा रङको प्रतीकात्मक प्रयोगमार्फत प्रस्तुति दिएका थिए। शिक्षकहरूले फागु पर्वको ऐतिहासिक पृष्ठभूमि, धार्मिक विश्वास र सामाजिक सन्देशबारे जानकारी गराएका थिए।

0ade46c6-e2a1-4744-b807-6382b923ca08

कार्यक्रमको अन्त्यमा सहभागीबीच शुभकामना आदानप्रदान गर्दै सभ्य र मर्यादित तरिकाले फागु मनाउन आग्रह गरिएको थियो।     लिङकन मन्टेश्वरी विद्यालयमा हाल ५० बढी बिद्यार्थी अध्ययनरत रहेका छन्  ।

विद्यालयले यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूलाई पाठ्यपुस्तक बाहिरका व्यवहारिक तथा सांस्कृतिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ।