बिर्तामोड । झापाको बिर्तामोड–१ स्थित देवी पञ्चकन्या मन्दिर परिसरमा सञ्चालनमा रहेको सरगम  संगीतालय शाखा कार्यालयले आफ्नो प्रथम वार्षिकोत्सव विविध सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न गरेको छ।

सरगम संगीतालय शाखा कार्यालय देवी पञ्चकन्याका सञ्चालक दिलकुमार लिम्बूको अध्यक्षता तथा साहित्यकार भगवति ढुङ्गेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सरगम संगीतालयका विद्यार्थीहरू तथा विभिन्न संघ–संस्थाका विद्यार्थीहरूले गीत, नृत्य लगायत विविध मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए।

IMG_9730कार्यक्रमको सहजीकरण सरगम संगीतालय बिर्तामोडका सञ्चालक दिपक रायमाझीले गरेका थिए।

कार्यक्रममा आयोजित प्रतिस्पर्धात्मक प्रस्तुतिमा नृत्यतर्फ  विजेता प्रथम ऋषिमा दाहाल, फस्ट रनरअप खुश्बु बिक (ब्लु हेभन स्कुल) र सेकेण्ड रनर अप निर्धिका दाहाल (तारा नमस्ते बालग्राम) र  उत्कृष्ट प्रस्तुतकर्ताको रूपमा रोहीका गौतम चयन भएका थिए।

IMG_9744

नृत्यतर्फ उत्कृष्ट प्रस्तुतकर्ताको रूपमा हरोहीका गौतम चयन भए। त्यसैगरी गायनतर्फ अरव अधिकारी विजेता बने भने प्रसुन गुरागाईं दोस्रो र रबिन रोका तेस्रो स्थान हासिल गर्न सफल भए। गायन विधामा उत्कृष्ट प्रस्तुतकर्ताको रूपमा पूजा शाह सम्मानित भइन्।

गायनतर्फ निर्णायकको भूमिकामा ज्योति लामिछाने रहेकी थिइन् भने नृत्यतर्फ पूजा राई र मिरा राईले निर्णायकको जिम्मेवारी सम्हालेका थिए।

IMG_9749

कार्यक्रममा क्षितिज नाट्य समूहका बालकलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए। समूहका आशुतोष भट्टराई लगायतका बालकलाकारहरूको आकर्षक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।

बिर्तामोड–१ स्थित देवी पञ्चकन्या परिसरमा सञ्चालनमा रहेको सरगम संगीतालयको शाखाले छोटो अवधिमै संगीत तथा नृत्य क्षेत्रमा उल्लेखनीय गतिविधि गर्दै अभिभावकहरूको मन जित्न सफल भएको सरगम संगीतालय शाखा कार्यालय देवी पञ्चकन्याका सञ्चालक दिलकुमार लिम्बूले बताउनु भयाे ।