बिर्तामोड । १६६ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०८२ को अवसरमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत महिला प्रहरी कर्मचारी तथा हिरासत कक्षमा रहेका महिला थुनुवाहरुका लागि सेनेटरी प्याड कार्ड भेन्डिङ मेसिन, सेनेटरी प्याड र कम्बल वितरण गरिएको छ ।
बि.एण्ड.सी मेडिकल कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरी, डाइरेक्टर डा. अञ्जली कार्की तथा आफन्त नेपाल शाखा कार्यालय काँकडभिट्टा झापाका प्रतिनिधिहरूद्वारा उक्त सामग्री सहयोग गरिएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्कालाई सेनेटरी प्याड कार्ड भेन्डिङ मेसिन, सेनेटरी प्याड र कम्बल हस्तान्तरण गरिएको हो ।
महिला स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै महिला प्रहरी कर्मचारी र हिरासतमा रहेका महिलाहरूलाई लक्षित गरी उक्त सामग्री प्रदान गरिएको हो । कार्यक्रममा प्रहरी अधिकारी, सहयोगी संस्थाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।














