काठमाडौँ: राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाखदेखि फागुन मसान्तसम्मको विपद् प्रतिवेदन सार्वजनिक गर्दै देशभर ६ हजार ७९९ विपद्का घटना भएको जनाएको छ। यी घटनाका कारण १२ हजार ४५८ घरपरिवार विस्थापित वा प्रभावित भएका छन्।
प्राधिकरणको विवरण अनुसार ११ महिनाको अवधिमा बाढी (३१८), पहिरो (५९०), भारी वर्षा (४२९) र चट्याङ (३६७) का कारण ठुलो क्षति भएको छ।
यस्तै, लेक लाग्ने ११ किमि, हिमपहिरो ५ र भूकम्पका ७ वटा साना-ठुला धक्का महसुस गरिएका छन्। फागुन २९ देखि ३० गते बिहानसम्म मात्रै थप २९ वटा नयाँ घटना भएको प्राधिकरणले उल्लेख गरेको छ।














